15 Dec, 2017 | २९ मंसिर २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

अनलाइन कारोबारलाई प्राथमिकता दिन सेयर लगानीकर्तासंघको माग

Posted on:October 12, 2017

सेयर लगानीकर्ता संघ कार्यसमितिका पदाधिकारीहरुले नेपाल स्टक एक्सचेन्ज, नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाइ भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

बधाई तथा शुभकामना दिन नेप्से प्रमुखको कार्यकक्ष पुगेका लगानीकर्ता संघका पदाधिकारीहरुले पुंजीबजारको बिकास तथा बिस्तारमा आवश्यक बिगतमा थाति रहेका महत्त्वपूर्ण कार्यहरु यथाशिघ्र सम्पन्न गर्न नेप्सेका वनियुक्त सीईओ साउदको ध्यानाकर्षण गरेको छ। 

लगानीकर्तासंघका अध्यक्ष उत्तम अर्याल, उपाध्यक्ष तारा प्रसाद फुल्लेल लगायतका कार्यसमितिका पदाधिकारीहरुले पुंजीबजारमा अनलाइन कारोबार प्रणाली यथाशक्य छिटो कार्यान्वयनमा ल्याउन माग गरेका थिए। 

पुंजीबजारमा अनलाइन ट्रेडिङ, बैंकहरुलाई ब्रोकर लाइसेन्स, एनआरएनएनलाई सेयर बजारमा भित्र्याउने लगायतका पूँजीबजारको विस्तार र विकासका कामहरुलाई निरन्तरता दिदै समय सापेक्ष नयाँ कार्यक्रमहरु समेत ल्याउन नवनियुक्त सीईओ साउदसमक्ष आग्रह गरेको लगानीकर्तासंघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बिजपाटीलाई बताएका छन। 

'लगानीकर्ताको हितमा कार्य गर्न उहाँ (साउद) प्रतिबद्द र अत्यन्त सकारात्मक देखिनुभएको छ, उहाँको कार्यकालमा पुंजीबजारको बिस्तार तथा बिकास हुने अपेक्षा गरेका छौं' उपाध्यक्ष फुल्लेलले भने।      

साउदलाई असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार बर्ष कार्यकालका लागि नेप्सेको प्रमुख कर्यकारी अधिकृतमा नियुक्त गरेको हो। साउदले नेप्से संचालक समितिका अध्यक्ष लक्षमण न्यौपानेबाट असोज २५ गते बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरि कार्यारम्भ गरेका हुन।


 

Share your thoughts!

Loading...

Trending