राष्ट्रिय बिमा संस्थानले ४२.११ प्रतिशत बोनस सेयर दिने, साधारणसभा कात्तिक १७ गते

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 13, 2017 | 07:58:09 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बिमा संस्थानले ४२ दशमलब ११ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। संस्थानले उक्त लाभांश प्रस्ताब बिशेष प्रस्ताबमा राख्दै कात्तिक १७ का लागि बार्षिक साधारणसभा डाकेको छ। 

संस्थानको मुख्य कार्यालय, रामशाह पथमा डाकिएको साधारणसभाले उक्त प्रस्ताब पारित गरेपश्चात सेयरधनिहरुमा बोनस सेयर बितरण हुनेछ। संस्थानले आर्थिक बर्षको ६३/६४ मा कायम रहेको चुक्तापूँजी १२ करोड ९३ लाखको ४२.११ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो। संस्थानले बोनस सेयर प्रयोजनका लागि २७ लाख २२ हजार १०५ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ। संस्थानले आर्थिक बर्ष   ५८/५९ देखी ६३/६४ सम्मको लाभांस एकमुष्ठ रुपमा प्रदान गर्न लागेको हो ।

बार्षिक साधारणसभाका अन्य प्रस्ताबमा आर्थिक बर्ष ६३/६४, ६४/६५ र ६५/६६ को लेखापरीक्षण भएको प्रतिवेदन पारित गर्ने, आर्थिक बर्ष ६९/७०, ७०/७१ र ७१/७२ को लेखापरीक्षकको पारिश्रमिक अनुमोदन गर्ने रहेको छ।

साधारणसभा प्रयोजनार्थ संस्थानले कात्तिक १ देखि कात्तिक १७ सम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। कात्तिक १ देखि बुक क्लोज गर्ने निर्णय गरेकाले असोज ३१ सम्म कायम सेयरधनीहरुले मात्र संस्थानको बोनस सेयर प्राप्त गर्न र साधारणसभामा सहभागी हुन् पाउनेछन। संस्थानले गत आर्थिक बर्ष ६८ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved