चिलिमे हाइड्रोपावरको साधारण सभाको लागि बुक क्लोज मिति परिवर्तन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 09:55:53 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे हाइड्रोपावरको साधारण सभाको लागि बुक क्लोज मिति परिवर्तन भएको छ ।  हाइड्रोपावरले यस अघि  साधारणसभा प्रयोजनार्थ असोज २७ देखि कात्तिक २४ सम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भनेकोमा अब मिति परिवर्तन गरेर कार्तिक ६ देखि कार्तिक २४ सम्म  दर्ता पुस्तिका बन्द गर्ने भएको हो। 

अब कार्तिक ५  सम्म कायम सेयरधनीहरुले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

हाइड्रोपावरले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजन रकम सहित) २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। अघिल्लो आर्थिक बर्षको कमाईबाट गत बर्ष कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश बितरण गरेको थियो। 

चिलिमेले नेपाल प्रहरी क्लब, भिर्कुटिमण्डपको हलमा आगामी कात्तिक २४ गते बिहान ११ बजे २१ औ बार्षिक साधारणसभा डाकेको छ। उक्त साधारणसभाले लाभांश प्रस्ताब पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

१५ प्रतिशत बोनस सेयर वितरण पछी चिलिमेको चुक्ता पुंजी ३ अर्ब ९५ करोड पुग्नेछ। हाल चिलिमेको चुक्ता पुंजी ३ अर्ब ४४ करोड छ। चिलीमेले गत आर्थिक बर्ष ९६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved