विजय लघुवित्तले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 12:24:41 PM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

बिजपाटी डटकमले विजय लघुवित्तले १० प्रतिशत बोनस र  ५.७० प्रतिशत नगद लाभांश दिने प्रक्षेपण गरेकोमा सोहि अनुसार नै कम्पनीले लाभांश घोषणा गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुंजी १६ करोड १० लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि  चुक्ता पुंजी १७ करोड ७१ लाख पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved