विकास बैंक र लघुवित्तको उपसमूह अब अलग अलग हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 13, 2017 | 05:23:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेले विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राख्ने तयारि थालेको छ। विकास बैंक र लघुवित्त फरक पाटो भए पनि एउटै उपसमुहमा राख्दा बजार नै प्रभावित हुने अवस्था आएकाले अलग अलग समूहमा राख्ने तयारि तिब्र रुपमा अघि बढेको नेप्सेले जनाएको छ।

लघुवित्तहरुको सेयर मुल्य बढेर बिकास बैंकको सेयर मुल्य घट्दा विकास बैंकको सूचक स्थिर वा बढेको देखिने त्यस्तै विकास बैंकको सेयर मुल्य बढेर लघुवित्तको सेयर मुल्य घट्दा लघुवित्तको सूचक स्थिर वा घट्ने हुँदा वास्तविक मुभमेन्ट पत्ता नलाग्दा लगानीकर्तामा अन्यौलको स्थिति रहँदै आएको छ।

'दुवै बिल्कुलै फरक पाटो भए पनि एउटै उपसमूहमा राख्दा लगानीकर्ता अन्यौलमा परेकाले विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राख्ने तयारि अघि बढी सकेको छ। यस सम्बन्धि आवश्यक गृहकार्य थालिसकेकाले छिट्टै कार्यन्वयनमा आउनेछ' नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बिजपाटी डटकमलाई भने।  

विकास बैंक र लघुवित्तको सूचक फरक फरक बनाउनु पर्ने सम्बन्धमा बेला बेलामा आवाज उठ्दै आएका छन। तर सम्बन्धित निकायहरुको प्राथमिकतामा नपर्दा लगानीकर्ताले लघुवित्त र बिकास बैंकको वास्तविक सूचक जानकारी लिनबाट बन्चित हुँदै आएका छन। 

नेप्से प्रमुखको रुपमा साउदले  कार्यभार सम्हालेको तेस्रो दिनमै लगानीकर्तासामु यस्तो जानकारी आउनु अत्यन्त सकारात्मक भएपनि कार्यन्वयन कहिले हुन्छ भन्ने कुरा प्रमुख हुन्छ। ' विकास बैंक र लघुवित्तको उप समूहलाई अलग गराउने काम छिट्टै लागू हुन्छ।' नेप्से प्रमुख साउदले बताए।

अन्य मुलुकहरुमा इन्डेक्सको समेत कारोबार हुँदा नेपालको सेयरबजारमा समूह वास्तविक बनाउने पहलसम्म नहुनु दुखद पाटो भएको सेयर पण्डितहरुको भनाई छ। बैंक तथा बीमा समूह अरुको तुलनामा केही वास्तविक बने पनि विकास बैंक समूहको सूचकमा हुने अन्यौलले लगानीकर्ता समस्या पर्ने उनीहरुको भनाई छ।  

यस्तो छ तथ्यांक 

नेप्सेको स्थापना हुँदा ६ वटा मात्र उपसमुह थिए। पछी २०५८ सालमा यी ६ वटा उपसूचकलाई पनि टुक्राएर ९ वटा बनाइएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ साउन मसान्तसम्ममा १९९ रहेको छ । २०७३ साउन मसान्तमा यस्तो संख्या २२६ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । 

सूचीकृत कम्पनीहरूमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।

पछिल्लो तथ्यांक अनुसार नेप्सेमा ४२ विकास बैंक र ३३ वटा लघुवित्त गरी बिकास बैक समूहमा कुल ७५ वटा रहेका छन। ४२ वटा विकास बैंक मध्ये पनि कतिपय बिकास बैंक एक आपसमा मर्जर भईसकेका छन भने केहि विकास बैंक बाणिज्य बैंकमा बिलय भएका छन।    






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved