सानीमा बैंक, रिलायबल माइक्रोफाइनान्स र एनएमबि क्यापिटलको साधारणसभा आज, यस्ता छन मुख्य एजेन्डा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 06:28:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको १३ औ बार्षिक साधारणसभा आज बस्दै छ। बैंकले नक्साल ब्यान्केट, काठमाडौंमा आज बिहान ११ बजेका लागि साधारण सभा डाकेको हो। 

साधारणसभाको मुख्य एजेन्डामा गत आर्थिक बर्षको कमाईबाट घोषणा गरिएको १६ प्रतिशत बोनस सेयर प्रस्ताब पारित गर्ने रहेको छ। त्यस्तै अन्य प्रस्ताबमा अधिकृत पुंजी र चुक्ता पुंजी वृद्धि गर्ने, तीन जना संचालकको निर्वाचन गरि नियुक्त गर्ने लगायतका छन। 

साधारणसभा प्रयोजनका लागि असोज ६ का लागि बुक क्लोज गर्ने निर्णय भएकाले असोज ४ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र बोनस सेयर प्राप्त गर्न सक्नेछन। 

१६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ८९ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ३० करोड खुद मुनाफा आर्जन गरेको थियो। 

रिलायबल माइक्रोफाइनान्स 

रिलायबल माइक्रोफाइनान्सले बिशेष प्रस्ताबमा २० प्रतिशत बोनस सेयर राखेर आज साधारण सभा डाकेको छ। माइक्रोफाइनान्सले हिमालयन रिसोर्ट बेसीशहर लमजुङमा आज १० बजे साधारणसभा डाकेको छ। 

साधारणसभाका मुख्य एजेन्डामा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ लाख ९४ हजार ७३७ रुपैयाँ नगद लाभांश प्रस्ताब पारित गर्ने रहेको छ। अन्य एजेन्डामा अधिकृत पुंजी १० करोडबाट २० करोड पुर्याउने, माइक्रोफाइनान्सको नाम परिवर्तन गर्ने, कार्यक्षेत्र बिस्तार गर्ने लगायतका प्रस्ताब छन। 

साधारणसभा प्रयोजनका लागि असोज १० का लागि बुक क्लोज गर्ने निर्णय भएकाले असोज ९ सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन। 

५० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस सेयर वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ९ करोड ६० लाख पुग्नेछ। हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ५ करोड ६५ लाख पुग्नेछ। माइक्रोफाइनान्सले गत आर्थिक बर्ष १ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

एनएमबि क्यापिटल

एनएमबि क्यापिटलले पनि आज साधारणसभा डाकेको छ। मुख्य प्रस्ताबमा १०५।२६ प्रतिशत नगद लाभांश राखेर क्यापिटलले आज आफ्नो ७ औ बार्षिक साधारणसभा एनएमबि बैंक बबरमहल कार्यालयमा दिउँसो ४.३० मा  डाकेको छ।  

मुख्य प्रस्ताबमा गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने प्रस्ताब गरिएको १०५.२६ प्रतिशत नगद लाभांश पारित गर्ने रहेको छ। अन्य प्रस्ताबमा शतप्रतिशत हकप्रद बिक्रि गर्ने रहेको छ। 




 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved