इन्भेष्टर्स फोरमको नयाँ कार्यसमितिलाई बैधानिकता, पुंजीबजार विकासका लागि २० कार्यक्रम घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 07:02:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर्स फोरमले नयाँ कार्यसमितिलाई बैधानिकता दिएको छ। फोरमले असोज २८ गते चार वटा बार्षिक साधारणसभा एकै साथ गरि नयाँ कार्य समितिलाई बैधानिकता दिएको हो। 

नेप्सेका निवर्तमान महाप्रबन्धक तथा फोरमका संस्थापक अध्यक्ष सिताराम थपलियाको प्रमुख आतिथ्यमा नर्बौं देखि बाह्रौसम्म गरि चार आर्थिक बर्षको साधारण सम्पन्न भएको हो।  

साधारणसभाले फोरमको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल, उपाध्यक्ष छोटेलाल रौनियार र अन्य  पदाधिकारीहरुमा बच्चुराम रिमाल, दुर्गा तिवारी, सिर्जना सुबेदी, अतितलाल श्रेष्ठ, दीपैन्द्र अग्रवाल, अंजिब तुलाधर र राजन लम्साललाई चयन गरेको गरेको छ।

साधारणसभाले नयाँ कार्यसमितिलाई बैधानिकता दिनुका साथै पूँजीबजारको बिकास र लगानीकर्ताको हकहितका लागि आगामी कार्यकालमा गर्ने गरि २० कार्यहरू घोषणा गरेको छ।     

घोषणा गरिएका २० कार्यहरुमा गैर-आवासिय नेपालीलाई पूँजी बजारमा भित्र्याउने देखि बजार निर्माता तथा डिलरसँग सम्बन्धित नियम विनियम निमार्णमा दबाब दिनसम्मका रहेका छन। साथै फोरमले आफ्नो आधिकारिक वेभसाईट डब्लुडब्लुडट नेपाल इन्भेष्टर्स फोरम डट ओआरजीको समेत सुरुवात गरेको छ ।   




 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved