सूर्योदय लघुवित्तले गर्यो २० प्रतिशत लाभांश घोषणा, चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 09:04:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तलेको असोज २८ मा बसेको ९९ औ  संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत लाभांश प्रस्ताब गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जानकारी दिइएको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंकको स्वीकृति गरेपछि र लघुवित्तको बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।  बिजपाटि डटकमले सुर्योदयले ३० प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो। 

EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता

१९ प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ४ करोड ७६ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ४ करोड रहेको छ। लघुवित्तले गत आर्थिक बर्ष २ करोड ३७ लाख रुपैया खुद मुनाफा आर्जन गरेको थियो। स्याङजा सदरमुकाममा प्रधान कार्यालय रहेको लघुवित्तले १० जिल्लामा ३० शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दे आईरहेको छ ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved