स्वदेशी लघुवित्तले बोनस सेयर वितरणपछी शतप्रतिशत हकप्रद बिक्रि गर्ने, चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 09:18:13 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत हकप्रद जारि गर्ने भएको छ। लघुवित्तको असोज २७ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट शतप्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ।

स्वदेशी लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। १५ प्रतिशत बोनस सेयर वितरण पश्चात स्वदेशीको चुक्ता पुंजी ११ करोड ५० लाख पुग्नेछ। 

स्वदेशीले बोनस सेयर बितरण पश्चात कायम चुक्ता पुंजी अर्थात ११ करोड ५० लाखको शतप्रतिशत हकप्रद बिक्रि गर्ने घोषणा गरेको छ। शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात स्वदेशीको चुक्ता पुंजी २३ करोड पुग्नेछ। स्वदेशीको आगामी बार्षिक साधारणसभाले उक्त हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेपश्चात हकप्रद निष्काशन प्रक्रिया अघि बढ्नेछ।

सुनसरीको ईटहरीमा केन्द्रीय कार्यालय रहेको स्वेदेशीले गत आर्थिक बर्ष २ करोड ३९ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved