वोमी र छिमेक लघुवित्तको लाभांश प्रस्ताब स्वीकृत, छिमेकको साधारणसभा मिति तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 09:42:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वोमी र छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश प्रस्ताब स्वीकृत गरेको छ। छिमेक लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट ४५ प्रतिशत र वोमीले २१.१०८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेका थिए। 

छिमेक लघुवित्त 

छिमेक लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १९.८९ प्रतिशत बोनस र २५.११ प्रतिशत नगद लाभांश (कर प्रयोजनको रकम सहित) प्रस्ताव गरेको हो। 

उक्त लाभांश प्रस्ताब छिमेकको आगामी कात्तिक २४ मा हुने बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश बितरण हुनेछ। छिमेकले कात्तिक २४ गते बिहान १०।३० बजे हेटौडा-४ मकवानपुर स्थित होटेल सामनामा साधारणसभा डाकेको छ।  

बिजपाटी डटकमले छिमेक लघुवित्तले कुल ४२ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो। गत बर्ष छिमेक लघुवित्तले ४० प्रतिशत बोनस सेयर र १२ दशमलब ७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।    

१९ दशमलब ८९ प्रतिशत बोनस सेयर वितरण पश्चात छिमेकको चुक्ता पुंजी ९९ करोड २५ लाख पुग्नेछ। हाल छिमेक लघुवित्तको चुक्ता पुंजी ८३ करोड ४० लाख छ।  

वोमी माइक्रोफाइनान्स

वोमीले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१०८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। वोमीको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटी डटकमले वोमीले गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो। 

२० प्रतिशत बोनस सेयर वितरण पश्चात वोमीको चुक्ता पुंजी ८ करोड ३९ लाख पुग्नेछ। हाल वोमीको चुक्ता पुंजी ६ करोड ४८ लाख छ। वोमीले गत आर्थिक बर्ष २ करोड १० लाख खुद मुनाफा गरेको छ।  

वोमी माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, २० प्रतिशत बोनस पश्चात चुक्ता पुंजी कति ?

छिमेक लघुवित्तले गर्यो ४५ प्रतिशत लाभांश प्रस्ताव

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved