कालिका पावरको १८ करोडको आइपीओ आउंदै, कस्तो छ कम्पनीको अवस्था ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2017 | 01:00:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर जारि गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा स्थानीयका लागि ६ लाख कित्ता र त्यसपछि सर्वसाधारण तथा कर्मचारीका लागि १२ करोड गरि १८ करोडको आइपीओ जारि गर्ने भएको छ। 

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर जारी गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ। कम्पनीको सेयर बिक्रि प्रबन्धकका रुपमा काठमाण्डु क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेका छन् ।

६ मेगावाटको दरौदी कालिका हाइड्रो परियोजना संचालन गरिरहेको कम्पनीले कालिका पावरले कर्जा भुक्तानीका लागि आइपीओ जारि गर्न लागेको हो। आइपीओबाट प्राप्त रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने जनाइएको छ।

कम्पनीले बैंकहरुलाई ८५ करोड २० लाख रुपैयाँ बराबरको कर्जा भुक्तानी गर्न बाँकी रहेको छ । यसमध्ये ८१ करोड रुपैयाँको कर्जा दिर्घकालिन प्रकृतीको हो। कम्पनीको दरौदी आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १० लाख रुपैयाँ रहेको बताइएको छ।

दरौंदी आयोजनाको उत्पादन क्षमता (प्लान्ट लोड फ्याक्टर) बार्षिक ६३ उल्लेख गरिएकोमा हाल यो दर ४२ प्रतिशतमा झरेको छ। कम्पनीले ५१ प्रतिशत कर्जाबाट र ४९ प्रतिशत सेयरबाट पूँजी जुटाएर आयोजना निर्माण थालेको हो। 

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म कम्पनी झन्डै एक करोड नोक्सानमा छ। यस कम्पनीको लगानीकर्तामा बिक्रम पाण्डे र परिवारको ७७ प्रतिशत, युवबहादुर क्षेत्रीको १० प्रतिशत, पदम गुरुङ १० प्रतिशत र ठाकुर प्रसाद ढकालको ३ प्रतिशत सेयर स्वामित्व छ।   

असोजमध्यसम्ममा कम्पनी एक करोड नोक्सानमा रहेको छ । कम्पनीको लगानीकर्ताहरुमा बिक्रम पाण्डे र परिवार (७७ प्रतिशत), युवबहादुर क्षेत्रीको (१० प्रतिशत स्वामित्व), पदम गुरुङ (१० प्रतिशत) र ठाकुर प्रसाद ढकालको (३ प्रतिशत स्वामित्व) रहेका छन् । सेयर जारीपछि कम्पनीको चुक्ता पूँजी ७८ करोड पुग्नेछ।  

कम्जोर रेटिङ 

आइपीओ निष्काशन गर्ने तयारीमा कम्पनीले इक्रा नेपालबाट ग्रेड फोर रेटिङ पाएको छ। कम्पनीले पाएको यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ। 

इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडीङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलीयो आधारहरु जनाउछ भने ग्रेड ५ ले कम्जोर आधारहरु जनाउँछ। ग्रेड २,३,४ मा प्रयोग गरिने प्लस (+) चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थिलाई जनाउंछ।           


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved