प्रभु इन्स्योरेन्सको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 09:12:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्सले बोनस सेयर वितरण पश्चात हकप्रद बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सको असोज २९ मा बसेको संचालक समितिको बैठकले बोनस १९.२० प्रतिशत बोनस वितरण प्रस्ताब कायम चुक्ता पुंजीबाट ४६ प्रतिशत हकप्रद बिक्रि गर्ने नेपाल स्टक एक्सचेन्ज मार्फत जानकारी दिएको छ। 

इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। साथै इन्स्योरेन्सले कर प्रयोजनका लागि ५८ लाख ३६ हजार २८ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

१९.२० प्रतिशत बोनस वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ६८ करोड ८४ लाख ८ हजार १ सय ८१ पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी ५७ करोड ७५ लाख छ। 

बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीको ४६ प्रतिशतका दरले हकप्रद बिक्रि गरे पश्चात प्रभु इन्स्योरेन्सको चुक्ता पुंजी १ अर्ब ३ करोड २६ लाख १२ हजार २७१ पुग्नेछ। इन्स्योरेन्सले गत आर्थिक बर्ष १७ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  

बुक क्लोज तय 

इन्स्योरेन्सले आगामी कात्तिक २१ गते डाकेको साधारणसभा प्रयोजनार्थ कात्तिक ७ देखि कात्तिक २१ सम्मका लागि सेयरधनीदर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। तसर्थ कात्तिक ६ सम्म कायम सेयरधनीहरुले मात्र बोनस सेयर प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

साधारणसभाले पारित गरेपश्चात हकप्रदका लागि पछि इन्स्योरेन्सले अलग्गै बुक क्लोजको मिति तय गर्नेछ।   



   



 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved