एक हजार लगानीमा ६१०० कमाउने सबैलाई बधाई! नतिजा हेर्न यहा क्लिक गर्नुहोस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2017 | 06:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ग्रामिण विकास बैंकको एफपीओ नतिजा हेर्न  http://bizpati.com/ipo/results मा क्लिक गर्नुहोस।

नतिजा हेर्नका लागि तपाईले आफ्नो पुरा नाम र बिओआइडी नम्बर टाईप गर्नुहोस ।



नेपाल ग्रामिण बिकास बैंकको ९ लाख ७५ हजार कित्ता एफपिओ आज मंगलबार बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा आज एक कार्यक्रमका बीच एफपिओ बाँडफांड भएको हो  । 

कुल आवेदक २ लाख ५० हजार ५ सय २४ रहेकोमा गोलाप्रथाबाट ९७ हजार ५ सयले मात्र एफपिओ पाएका छन्  । गोलाप्रथाबाट छनौट भएका ९७ हजार ५ सयले समान १० कित्ता शेयर हात पारेका हुन्  । ३ हजार ७ सय ९१ आबेदन भने रद्द भएको क्यापिटलले जनाएको छ।

नेपाल ग्रामिणको एफपीओ प्राप्त गर्नेले असोज ३१ गतेको कारोबार मुल्य अनुसार प्रति कित्ता ६१० रुपैयाँ कमाएका छन। अर्थात लगानीकर्ताले एक हजारको लगानीमा ६ हजार १ सय रुपैयाँ 'कमाई' गरेका छन। 

एफपिओ नपरेको पैसा ३ कार्यदीन भित्र फुकुवा हुने क्यापिटलले जनाएको छ । नेपाल ग्रामिण बिकास बैंकले आज भदौ २७ गतेदेखि फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशन गरेको थियो । 

२०७१ मा ५ माइक्रोफाइनान्स कम्पनी मिलेर बनेको नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ५५ करोड ७५ लाख रहेको छ। माइक्रोफाइनान्सले हाल कायम संस्थापक र साधारण सेयर अनुपात राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नका लागि एफपीओ जारि गरेको हो।  एफपीओ निष्काशन पश्चात नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ६५ करोड ५० लाख पुग्ने छ।  

हाल नेपाल ग्रामिण बिकास बैंकको सेयर अनुपात संस्थापक तर्फ ८२ दशमलब १३ प्रतिशत र साधारणतर्फ १७ दशमलब ८७ प्रतिशत रहेको छ। एफपीओ निष्काशन तथा बितरण पश्चात नेपाल ग्रामिण बिकास बैंकमा सेयर अनुपात संस्थापक ६९ दशमलब ९० प्रतिशत र साधारणतर्फ ३० दशमलब १० प्रतिशत कायम हुने छ। 

पुर्वान्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण बिकास बैंक, पस्चिमान्चल ग्रामिण विकास बैंक, मध्य पशचिमांचल ग्रामिण बिकास बैंक र सुदुर पस्चिमान्चल ग्रामिण विकास बैंक मिलेर बनेको राष्ट्रिय स्तरको नेपाल ग्रामिण बिकास बैंकको प्रधान कार्यालय बुटवलमा रहेको छ।हाल बैंकको संचिति नोक्सानी ४६ करोड रुपैयाँ रहेकोले सेयरधनीहरुले प्रतिफल पाउन अझै अर्को बर्ष कुर्नु पर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved