EXCLUSIVE: ५ लघुवित्त र १० बिकास बैंक सहित दुई दर्जन कम्पनीको सेयर कारोबार आजदेखि बन्द !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 17, 2017 | 07:40:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा सुचिकृत करिब ४ दर्जन कम्पनीहरुको सेयर कारोबार कात्तिक १ देखि बन्द हुने भएको छ। तोकिएको अवधिमै बार्षिक सूचिकरण नविकरण शुल्क नबुझाएकाले यी कम्पनीहरुको सेयर कारोबार कात्तिक १ देखि बन्द हुने नेप्सेले जनाएको छ। 

नबिकरण शुल्क नतिरेकाले यस अघि नै १९ कम्पनीको सेयर कारोबार बन्द रहेकाले भोलि देखि थप २३ कम्पनीको सेयर कारोबार बन्द हुनेछ। नेप्सेमा सुचिकृत कम्पनीहरुलाई बार्षिक सूचिकरण नविकरण शुल्क बुझाउनका लागि असोज मसान्तसम्मको अवधि दिएको थियो।

'असोज ३१ गतेसम्म नेप्सेमा सुचिकृत ४२ वटा कम्पनीले बार्षिक सूचिकरण नविकरण शुल्क बुझाएका छैनन' नेप्से स्रोतले बताएको छ 'तोकिएको मितिसम्म बार्षिक सूचिकरण नविकरण शुल्क नतिर्ने कम्पनीको सेयर कारोबार भोलिदेखि रोक्का गर्न सम्बन्धि विभागलाई निर्देशन दिइसकेका छौं' उनीहरुले शुल्क नतिर्दा सम्म कारोबार स्थगित हुन्छ।'

यद्दपी बोटलर्स नेपाल लगायत केहि कम्पनीहरुले कात्तिक १ गते सेयर कारोबार खुल्नु अघि नै नबिकरण शुल्क तिर्ने तयारिमा छन। बोटलर्स नेपालले सम्भवत: भोलि (कात्तिक १) को सेयर कारोबार सुरु हुनु पुर्वनै नबिकरण शुल्क तिर्नेछ, अरु कम्पनीहरु पनि सम्पर्कमा आएका छन' नेप्से स्रोतको भनाई छ। 

शुल्क नतिर्ने अन्य कम्पनीहरुमा ४ फाइनान्स कम्पनी, ५ लघुवित्त , १० बिकास बैंक र हाइड्रोपावर कम्पनी छ। यी कम्पनीहरुमा सेती फाइनान्स, यूनियन फाइनान्स, कुबेर मचेन्ट फाइनान्स, ललितपुर फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, नागबेली लघुवित्त विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेशनल फाइक्रो फाइनान्स वित्तीय संस्था, समता फाइक्रो फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, कावेली विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, कर्णली विकास बैंक, राप्तीभेरी विकास बैंक, साझा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक रहेको नेप्से स्रोतको भनाई छ।

लामो समयदेखि कारोबार बन्द रहेका अन्य कम्पनीहरुमा क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स, हिमालयन फाइनान्स, अरुण बनस्पती उद्योग, विराट शुज, बुटवल धागो कारखाना, फ्यूर हिमालयन, गोरखकाली रवर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, ज्योति स्पीनिङ मिल्स, नेपाल विटुमिन तथा व्यारेल उद्योग, भृकुटी कागज उद्योग, नेपाल ट्रेडिङ लिमिटेड, नेपाल वायर हाउस छन।  

नेप्सेका अनुसार नेपालको चर्चित पेयर पदार्थ कोका कोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल बालाजु र तराई लगायतका बजारमा राम्रो नाम कमाएका कम्पनीहरुले नबिकरण शुल्क तिरेका छैनन। समयमै नबिकरण शुल्क नतिर्ने कम्पनीको सुचीमा युनिलिभर नेपाल समेत समावेश छ। 

धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ। यही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ मा नै नेप्सेमा सुचिकृत कम्पनीहरुलाई समयमै वार्षिक सूचिकरण नविकरण शुल्क तिर्न ताकेता गर्दै आएको थियो।

उल्लेखित समय भित्र नबिकरण शुल्क जम्मा गरि जानकारी नगराएमा सेयर कारोबार स्थगन गरिने ब्यवहोरा नेप्सेले सुचिकृत कम्पनीहरुलाई जानकारी गराउदै आएको थियो।   




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved