होटल र्याडिसनले एफपीओ बिक्रि गर्ने, २४.२१ प्रतिशत लाभांशपछि चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 07:04:18 AM मा प्रकाशित

laxmi  sunrise bank

ओरियन्टल होटल होटल लिमिटेडले गत आर्थीक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ३० मा बसेको संचालक समितिको बैठकले १८ प्रतिशत बोनस सेयर र ६.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने निर्णय गरेको जनाइएको छ। 

उक्त प्रस्ताब कम्पनीको आगामी कात्तिक २३ गते बस्ने २० औ बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।  गत बर्ष कम्पनीले २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद लाभांश बितरण गरेको थियो।

बुक क्लोज मिति तय 

कम्पनीले साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका समेत बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले कत्तिक ९ देखि कात्तिक २३ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले कात्तिक ८ सम्म कायम सेयरधनीहरुले मात्र बोनस सेयर प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

१८ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ९३ करोड ४२ लाख पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी ७९ करोड १७ करोड छ। गत आर्थिक बर्ष ओरियन्टलले २२ करोड ६० लाख रुपैयाँ खुद मुनफा आर्जन गरेको थियो।

एफपीओ बिक्रि गर्ने 

संस्थापक शेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४५ प्रतिशत कायम गर्न कम्पनीले एफपिओ जारी गर्ने भएको छ। होटलको सञ्चालक समितिको एफपीओ प्रस्ताब साधारणसभाले पारित गरेपश्चात एफपीओ प्रक्रिया अघि बढ्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved