समिट माइक्रोफ़ाइनान्सको शत प्रतिशत हकप्रद भर्नेआज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 08:26:40 AM मा प्रकाशित

laxmi  sunrise bank

समिट माइक्रोफ़ाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले भदौ २९ गते देखि बिक्रि गरिरहेको हकप्रदमा आवेदन दिने आज कार्तिक १ गते अन्तिम दिन रहेको छ । माइक्रोफ़ाइनान्सले भदौ २९ देखि कात्तिक १ गतेसम्मका लागि १ बराबर १ कित्ता सेयर अर्थात शतप्रतिशतका दरले हकप्रद निष्काशन गरेको हो। 

माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रदका लागि भदौ ९ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ ८ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। माइक्रोफाइनान्सले ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता हकप्रद बिक्रि खुला गरेको हो।  

भदौ ८ सम्म कायम इच्छुक सेयरधनीहरुले माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटल, नागपोखरी, नक्साल काठमाडौं र सानिमा बैंक र सम्मिट माइक्रोफाइनान्सका तोकिएका शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भरि बुझाउन सक्नेछन। 

शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी १४ करोड ५० लाख पुग्नेछ। हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ७ करोड २५ लाख छ। माइक्रोफाइनान्सले गत आर्थिक बर्ष ५ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

समिट माइक्रोफाइनान्सले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ३४।४८ प्रतिशत बोनस सेयर (कर प्रयोजनका लागि १।८१ प्रतिशत नगद लाभांश) र १०।५२ प्रतिशत नगद लाभांश गरी ४५ प्रतिशत लाभांश घोषणा गरेको छ। 

साधारण सभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरिसकेको छ। पुष २५ मा डाकिएको साधारणसभाका लागि पुष ८ देखि २५ सम्म माइक्रोफाइनान्सले बुक क्लोज गर्ने निर्णय गरेको छ। 

माइक्रोफाइनान्सले पुष ८ का लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले पुष ७ सम्म कायम शेयरधनीहरुले बैंकले घोषणा गरेको ४५ प्रतिशत लाभांश पाउने छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved