वोमी माइक्रोफाइनान्सले बोनसपछि हकप्रद जारि गर्ने, साधारणसभाको लागि बुक क्लोज तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 09:26:06 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी माइक्रो फाइनान्सले २० प्रतिशत बोनस वितरण पश्चात हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस वितरण पश्चात ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताव गरेको हो 

हाल कम्पनीको चुक्ता पुंजी ६ करोड ४८ लाख रहेकोमा २० प्रतिशत बोनसपछि चुक्ता पुंजी ७ करोड ७७ लाख पुग्ने छ । त्यस्तै ३० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी १० करोड १० लाख पुग्ने छ 

कम्पनीले उक्त प्रस्ताव पारित गर्न कार्तिक ३० गते साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले कार्तिक १६ गतेदेखि कार्तिक ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १५ गतेसम्म कायम शेयर धनीले मात्र साधारणसभामा भाग लिन र बोनस प्राप्त गर्न सक्ने छन् 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved