सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद बिक्रि गर्ने बाटो खुला, चुक्ता पुंजी कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 12:27:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ। १० बराबर ४ कित्ता सेयरका दरले हकप्रद निष्काशनको अनुमति माग्दै आबेदन दिएको बैंकले कात्तिक १ गते धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको हो। 

बैंकले ४० प्रतिशतका दरले २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८.६७५ कित्ता हकप्रद बिक्रि गर्ने अनुमति पाएको हो।  बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। 

४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्नेछ। त्यसपश्चात बैंकले १० दशमलब ३४ प्रतिशतले पुंजी वृद्धि गर्दा समेत उसको चुक्ता पुंजी ८ अर्ब पुग्नेछ। बैंकले गत आर्थिक बर्ष ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved