सिद्दार्थ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, चुक्ता पुंजी बढाउन थप ३५ प्रतिशत हकप्रद

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2017 | 10:18:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ इन्स्योरेन्सले गत आर्थीक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्स कम्पनिको कात्तिक १ गते बसेको १२३ औ संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको जनाइएको छ। 

साथै इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट ३५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेको छ। उक्त लाभांश प्रस्ताब बिमा समिति र कम्पनीको आगामी १६ औ बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

२० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ६४ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी ५३ करोड ३६ लाख छ। कम्पनीले गत आर्थिक बर्ष २२ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

त्यस्तै कम्पनीले बोनस सेयर बितरण पश्चात कायम चुक्ता पुंजीबाट ३५ प्रतिशत हकप्रद बिक्रि गर्ने निर्णय गरेको छ। ३५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात सिद्दार्थ इन्स्योरेन्सको चुक्ता पुंजी ८६ करोड ४४ लाख पुग्नेछ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved