जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2017 | 10:38:01 AM मा प्रकाशित

laxmi  sunrise bank

जेबिल्स फाइनान्सले हकप्रद बिक्रि गर्ने म्याद १५ दिन थप गरेको छ। फाइनान्सले यस अघि असोज १ देखि कात्तिक ५ सम्म हकप्रद भर्न पाउने म्यादलाई १५ दिन थप गरि कात्तिक २० सम्म भर्न मिल्ने बनाएको हो। 

चालु आर्थिक बर्षमा हकप्रद निष्काशनको अनुमति पाउनेमा दोस्रो संस्था बनेको जेबिल्स फाइनान्सले १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद बिक्रि खुला गरेको हो। 

कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ भदौ १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १२ गतेसम्म कायम शेयरधनीले हकप्रदको लागि आवेदन दिन सक्ने छन् । 

जेबिल्सले प्रति कित्ता १ सय रुपैयाँको दरले २८ करोड ८९ लाख ५६ हजार २ सय ५० रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५ सय ६२ दशमलब ५० कित्ता हकप्रद निस्काशन गरेको हो। हकप्रद निष्काशनका लागि फाइनान्सले सनराइज क्यापिटललाई नियुक्त गरेको छ। 

लगानीकर्ताले सनराइज क्यापिटलको कार्यलय, कमलपोखरी , जेबिल्स फाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु र सनराइज बैंकको बिराटनगर, पोखरा, बुटवल, बिरगंज, र नारायणगढ शाखाहरुबाट आवेदन दिन सक्ने छन् ।

फाइनान्सको गत पुष २७ मा बसेको बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताब पारित गरेको हो। फाइनान्सले अघिल्लो  आर्थिक बर्षको कमाईबाट १२ दशमलब ५० प्रतिशत बोनस सेयर वितरण गरेको छ। 

बोनस तथा शतप्रतिशत हकप्रद बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ५७ करोड ७८ लाख रुपैयाँ पुग्ने छ। हाल फाइनान्सको चुक्ता पुंजी २५ करोड ६८ लाख रुपैयाँ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved