माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा, लिलामको सेयर सकार्नेले समेत लाभांश पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2017 | 11:02:20 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक २ मा बसेको ३५९ औं संचालक समितिको बैठकले १२ प्रतिशत हकप्रद भर्ने सेयरधनीले समेत पाउनेगरि ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने घोषणा गरेको जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटि डटकमले माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको कमाईबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो।

९ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ५ करोड पुग्नेछ। १२ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड छ।  बैंकले गत आर्थिक बर्ष १ अर्ब ३० करोड खुद मुनाफा आर्जन गरेको छ। 

EXCLUSIVE REPORT: २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?

साथै 

१२ प्रतिशत हकप्रद भर्नेले समेत लाभांश पाउने भएपछी बैंकको सेयर लिलाम मार्फत खरिद गर्नेले समेत लाभांश पाउने बैंकले जनाएको छ। बैंकले कात्तिक ५ देखि १३ गतेसम्मका लागि हकप्रदमा अवितरित १ लाख ६० हजार कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्रिमा राखेको छ।

माछापुच्छ्रे बैंकको १ लाख ६० हजार कित्ता सेयर लिलाममा, आज देखि आबेदन खुला




  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved