हेवा खोलाले २० लाख कित्ता आइपीओ जारि गर्ने, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2017 | 08:39:01 AM मा प्रकाशित

laxmi  sunrise bank

पांचथर पावर कम्पनी अन्तर्गतको हेवा खोला ए हाइड्रोपावर परियोजनाले २० लाख कित्ता साधारणसेयर निष्काशन गर्ने भएको छ। १४.९ मेगावाटको परियोजनाले स्थानिय तथा सर्वसाधारणका लागि आइपीओ जारि गर्न सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीले स्थानीयवासीको लागि १० लाख कित्ता र सर्वसाधारणको लागि १० लाख कित्ता गरी जम्मा २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

उक्त नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र पाँचथर पावर कम्पनीका प्रवन्ध सञ्चालक पुष्पज्योती ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेको हुन् ।

हाल कम्पनीको चुक्ता पुँजी ७६ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत २०७३/१०/२२ गतेदेखी नै विद्युत उत्पादन शुरु गरी आफ्नो बिक्री शुरु गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved