नेपाल बंगलादेश बैंक लिमिटेडले साधारणसभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। बैंकले आगामी मङ्सिर ३ गते हुने साधारणसभाका लागि कात्तिक १३ देखि मङ्सिर ३ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको जनाइएको छ।
कात्तिक १३ गतेका लागि बुक क्लोज मिति तय गरिएकाले कात्तिक १२ सम्म कायम सेयरधनीहरुले मात्र १० प्रतिशत बोनस प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन। बैंकले गत आर्थिक बर्षको कमाइबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब साधारणसभामा लैजादै छ। साधारण सभा मंसिर ३ गते राष्ट्रिय सभागृह, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
१२ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ८ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ७ अर्ब २२ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।