प्रोग्रेशिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद निष्काशन प्रक्रिया अघि बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 23, 2017 | 06:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले चुक्ता पुंजी बढाउन २८१ प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने भएको छ। फाइनान्सले हकप्रद बिक्रिको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा कात्तिक ३१ मा आबेदन दिएको छ। 

मर्जर तथा एक्विजिसन मार्फत चुक्ता पुंजी वृद्धि गर्ने योजनालाई 'पाखा' लगाउदै फाइनान्सले सेयरधनीहरुलाई नै हकप्रदको भारि बोकाउन लागेको हो। फाइनान्सका सेयरधनीहरुले अब १०० बराबर २८१ कित्ता अर्थात २८१ प्रतिशतका दरले हकप्रद भर्नु पर्नेछ। फाइनान्सको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल छ।  

फाइनान्सले प्रति कित्ता १ सय रुपैयाँका दरले ५९ करोड १ लाख रुपैयाँ बराबरको ५९ लाख १ हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। २८१ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८० करोड पुग्नेछ। हाल प्रोग्रेसिबको चुक्ता पुंजी २१ करोड छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved