सिटिजन बैंकको कमाई ३१ करोड ९० लाख, बैंकको यस्तो प्रगति विवरणबाट लगानीकर्ताले के बुझ्ने ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 07:30:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद मुनाफा गत आर्थिक बर्षको तुलनामा केहि घटेको छ।

गत आर्थिक बर्ष ३४ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकको मुनाफा ३१ करोड ९० लाख रुपैयाँमा सिमित भएको छ। बैंकले यस अवधिमा मात्र ७ करोड उठ्न नसकेको ऋण असुल उपर गरेकाले उसको खुद मुनाफा घट्न गएको हो। यद्दपी बैंकको संचालन नाफा प्रतिशतले बढेर ४२ करोड पुगेको छ।     

यस अवधिमा बैंकले ५४ अर्ब ६३ करोड निक्षेप संकलन गरी ५० अर्ब रुपैयाँ कर्जा तथा लगानी प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ५० अर्ब ३१ करोड निक्षेप संकलन गरि ४३ अर्ब ७३ करोड कर्जा तथा लगानी प्रवाह गरेको थियो। 

यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.९९ प्रतिशत पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खराब कर्जा अनुपात १.७३ प्रतिशत थियो।    बैंकको पुँजीगत लागत ४ प्रतिशतले बढेर ८ प्रतिशत पुगेको छ। बैंकहरुमा लगानीयोग्य रकम जुटाउन बचत तथा मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेकाले पुंजीगत लागत बढेको छ।  

यस अवधिमा बैंकको प्रति सेयर आम्दानि १५ रुपैयाँ ९० पैसा, कर्जा निक्षेप अनुपात ७६.६२ प्रतिशत छ। बैंकको कर्जा निक्षेप अनुपातले सिलिंग छुन लागेकाले थप नयाँ कर्जा प्रवाह गर्न मेहनत गर्नु पर्ने देखिन्छ।यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब २ करोड छ भने जगेडा कोषमा १ अर्ब ६८ करोड छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved