नबिल बैंकले पनि घटायो ब्याजदर, सेयरधितो कर्जाको ब्याज कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 08:00:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले असोजको आधार दर सार्वजनिक गर्दै ब्याजदर घट्ने संकेत दिएको छ। बैंकले एक सूचना मार्फत आधार दर ६.६९ प्रतिशत कायम हुन आएको भन्दै ऋणकर्जाको ब्याजदर परीवर्तन हुने जानकारी गराएको छ। 

बैंकले मुद्दती निक्षेपमा अधिकतम ९.६९ प्रतिशत ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा आधार र कुपन रेटमा जुन बढी हुन्छ त्यसमा ३ प्रतिशत थप गरि मुद्दती निक्षेपको ब्याजदर तय हुने बैंकले जनाएको छ।  


त्यस्तै कर्जाको ब्याजदर अधिकतम १३.४४ प्रातिशत हुन सक्ने बैंकले जनाएको छ।  नबिल इजी लोन अन्तर्गतको टर्म लोनमा आधार दरमा ४.७७ देखि ६.७५ प्रतिशतसम्म थप गरि कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ।   

त्यस्तै बैंकले १०.१९ प्रतिशतदेखि १३१९ प्रतिशत सम्ममा सेयर धितोकर्ता प्रवाह गर्न सक्ने बताएको छ। आधार दरमा न्युनतम ३५० प्रतिशत देखि ६५० प्रतिशतसम्म थप गरि सेयरधितो कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। यद्दपी बैंकहरुसंग तरलता अधिक रहेकाले ब्याजदर घटाएर कर्जा प्रवाह गर्न सक्ने भएकाले सेयरधितो कर्जा सिंगल डिजिटसम्म आउन सक्ने अपेक्षा गरिएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved