सिद्दार्थ इन्स्योरेन्सले बोनस र हकप्रद पारित गराउन डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 10:09:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ इन्स्योरेन्स लिमिटेडले साधारणसभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। सिद्दार्थ इन्स्योरेन्सले आगामी २९ गते डाकेको बार्षिक साधारणसभाका लागि कात्तिक १५ देखि कात्तिक २९ सम्म बुक क्लोज गर्ने निर्णय गरेको जनाइएको छ। 

कात्तिक १५ देखि बुक क्लोज गर्ने निर्णय गरेकाले कात्तिक १५ सम्म कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको लाभांश प्राप्त गर्न  र साधारणसभामा सहभागी हुन पाउनेछन।  इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब साधारणसभामा लैजादै छ। 

नेपाल टुरिजम बोर्डमा कात्तिक २९ गते हुने साधारणसभाका अन्य प्रस्ताबमा लाभांश वितरणपछि ३५ प्रतिशत हकप्रद बिक्रि गर्ने समेत रहेको छ। इन्स्योरेन्सले गत आर्थिक बर्ष २२ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

२० प्रतिशत बोनस सेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ६४ करोड १५ लाख पुग्नेछ। त्यस्तै बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीको ३५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी ८६ करोड ६० लाख पुग्नेछ। हाल कम्पनीको चुक्तापुंजी ५३ करोड ४५ करोड छ।   

सिद्दार्थ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, चुक्ता पुंजी बढाउन थप ३५ प्रतिशत हकप्रद

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved