किन आकासिदै छ टेलिकमको सेयर मुल्य ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2017 | 01:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारको कारोबारमा बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। परिसूचक ०६६ अंकले घट्दा नेप्से १५६७६४ को बिन्दुमा रोकिएको छ। 

आज कारोबारमा आएका १५९ कम्पनीका १४ लाख ३३ हजार ८४८ कित्ता सेयर खरीद बिक्रिबाट ४६ करोड ९९ लाख ५० हजारको कारोबार भएको छ। 

जसमा सबै भन्दा बढी नेपाल टेलिकमको सेयरको कारोबार भएको छ। साता दिनमै प्रति कित्ता करिब २०० ले बढेको टेलिकमको सेयर मंगलबारको कारोबारमा पनि प्रति कित्ता ८७६ रुपैयाँ र न्युनतम ८३० रुपैयाँमा कारोबार भएको छ। 

पछिल्लो समय बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, म्युचुअल फन्ड, इन्भेष्टमेन्ट कम्पनी लगायतले लगानी बढाएकाले टेलिकमको सेयर मुल्य बढेको शेयरपण्डितहरुको भनाई छ। केहि संस्थागत लगानीकर्ताले ठुलो संख्यामा टेलिकमको सेयर होल्ड गरेकाले आपूर्ति भन्दा माग बढ्न गई टेलिकमको सेयर मुल्य साता दिनमै प्रति कित्ता २०० ले बढेको उनीहरुको भनाई छ। 

टेलिकमले रणनीतिक साझेदारका रुपमा जापानिज कम्पनीलाई भित्र्याउने लगायतका समाचारले समेत टेलिकमको सेयरमा आकर्षण बढेको हो। अर्को तर्फ टेलिकमको सेयरमा लगानी गर्दा कम्तिमा पनि ४० देखि ५० प्रतिशत प्रतिफल आउने हुँदा बिशेषगरि बैंक लगायतका संस्थागत लगानीकर्ताले टेलिकमको सेयर होल्ड गर्दा यसको मुल्य आकासिएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved