अनलाईन ट्रेडिङ सुचारु हुने दिन तोक्न ईन्भेष्टर्स फोरमको माग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 25, 2017 | 03:15:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर्स फोरम कार्यसमितिका पदाधिकारीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाइ भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

बधाई तथा शुभकामना दिन नेप्सेको कार्यालय पुगेका फोरम कार्यसमितिका पदाधिकारीले बिगतमा थाँती रहेका बिभिन्न महत्त्वपूर्ण कामहरु यथाशिघ्र सम्पन्न गर्न नेप्सेका सीईओ को ध्यानाकर्षण गरेको छ। 

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल, उपाध्यक्ष छोटेलाल रौनियार लगायतका कार्यसमितिका पदाधिकारीले पूँजी बजारको बिकास र लगानीकर्ताको हित संरक्षणका निम्ति भन्दै नेप्से महाप्रबन्धक समक्ष विभिन्न १० माग पेश गरेको छ।    

१. नेपालको पूँजी बजारको बिकास र आधुनिकीकरणका लागि पूर्ण अनलाईन कारोबार प्रणाली अति आबश्यक छ । अबको कति दिन भित्रमापूर्ण अनलाईन कारोबार प्रणाली लागु हुने हो स्पष्ट पारियोस र पूर्णअनलाईन प्रणालीसम्बन्धी काम गर्ने  कार्यदलमा नेपाल ईन्भेष्टर्स फोरमको प्रतिनिधित्व सुनिश्चित गरियोस् ।

२. हाल संचालनमा रहेका ५० वटा सेयर दलालको संख्या र पहुँच आमलगानीकर्ताहरुका बीचमा न्युन रहेको, बढ्दो बजारको आबश्यकता पुरा गर्न, देशका कुनाकाप्चामा रहेका लगानीकर्ताहरुलाई अत्याधुनिक सुबिधा दिन र पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउन उनीहरुबाट मात्रै संभव नहुने हुँदा संस्थागत बाणिज्य बैंक तथा व्यक्तिग फर्महरुलाई ब्रोकर लाईसेन्स दिईयोस् । देश संघियतामा गएकाले प्रत्येक प्रदेशमा  क्षेत्रीय सेयरदलालहरुलाई लाईसेन्स दिईयोस । सबै स्थानीय तहमा बैंक मार्फत सेयर कारोबार हुने ब्यवस्था गरियोस् ।

३. गैरआवासीय नेपाली, विदेशमा बस्ने नेपाली नागरिक र संस्थागत विदेशी लगानीकर्ताहरुलाई सेयर बजारमा प्रबेश गराईयोस् ।

४. बैंक तथा बित्तीय संस्थाहरुबाट सेयर धितो कर्जा लिँदा हामी लगानीकर्तालाई धेरै असुविधा र झंंझट भएकाले सेयर दलाल मार्फत तत्काल मार्जिन ल्याण्डिड. उपलब्ध हुने ब्यवस्था गरियोस । डिलरशीप पनि उनीहरुलाई दिईयोस र कार्यक्षेत्र बिस्तार गरियोस् ।

५. अहिलेको ब्रोकर कमिशन ज्यादै महंगो भई हामी समस्त लगानीकर्ताहरुलाई मर्का परेकाले ब्रोकर कमिशन यथाशीघ्र अधकितम ०.२५ प्रतशितसम्म सीमितपारी लगानीकर्ताले शेयर  किनबेच गर्न पाउने प्रणाली लागू गरियोस । दक्षिण एशियाकै सबैभन्दा महंगोे कमिशन दर नै  पूँजीबजारको बिकास र विस्तारको ठूलो बाधक हो ।

६. हकप्रद आबेदन र लिलाममा आउने सेयरमा बोलपत्र पेश गर्ने  प्रक्रियालाई तत्काल आश्वा प्रणालीमा आबद्ध गरी राजधानी बाहिर रहेका लाखौं लगानीकर्ताले समेत सहज र सरल रुपमा आबेदन गर्ने र रकम फिर्ता पाउने ब्यवस्था सुनिश्चित गरियोस ।

७. नेप्सेमा सूचिकृत कम्पनीहरुले बर्षौसम्म साधारणसभा नगर्नाले हामीलगानीकर्ता प्रताडित बनिरहेका छौ । हाम्रो मर्का हटाउन हरेक पुसमसान्त भित्र साधारणसभा नगर्ने कम्पनीलाई आर्थिक जरिवाना र कडाईगरियोस् । कम्पनी ऐनमा हरेक पुस मसान्त भित्रमा पब्लिक कम्पनीले साधारणसभा गरी विवरण पेश गर्नुपर्ने ब्यवस्था रहेकोले कानुन पालनामा समेत सघाउ पुग्छ र सूचिकृत कम्पनीहरुको संस्थागत सुशासनमा समेत सुधार आई हामी लगानीकर्ताहरुको हित संरक्षण हुन्छ । राजश्व असुली बढेर सरकार, नेप्से, धितोपत्र बोर्ड, ब्रोकर, लगानीकर्ता सबैलाई फाईदा हुन्छ ।

८. साधारणसभाले पारित गरेकोे बोनस र हकप्रद सेयर जारी भई बिक्री बन्दभएको महिनौपछि पनि लगानीकर्ताको खातामा नआउने समस्या रहेकोले बोनस र हकप्रद जारी भएको तीन महिना भित्रमा लगानीकर्ताको खातामा आईसक्ने ब्यवस्था गर्नु लगानीकर्ता र पूँजी बजारको हितमा हुने ठानेका छौ । सेयर धितो कर्जा लिएकाहरुको सवालमा उनीहरुले प्राप्त गर्ने बोनस रहकप्रद सेयर बैंकको नाममा रोक्का नभईकन सिधै लगानीकर्ताको खातामा जाने ब्यवस्था होस् । बैंकसँग नो अब्जेक्शन लेटर लिन नपरोस् ।

९. बजार निर्माता (मार्केट मेकर) लाई तत्काल लाईसेन्स दिई पूँजी बजारमा भित्र्याईयोस । यसले बजारको अनाबश्यक उतार चढावलाई नियन्त्रण गरी आम सर्बसाधारण लगानीकर्ताको लगानी सुरक्षित पार्नुका साथै बजारलाई स्थायित्व दिन्छ र बिस्तारमा सघाउँछ ।

१०. सूचिकृत हरेक कम्पनीले त्रैमासिक बित्तीय विवरण पत्रिकामा छाप्नुभन्दा अघिल्लो दिन बेलुका पीडीएफ फाईल बनाएर नेप्सेमा पठाउनुपर्ने र त्यो फाईललाई नेप्सेले आफ्नो वेभसाईटमा भोलिपल्ट कार्यालय समय सूरु हुनेबेला सम्ममा अपलोड गर्नु आबश्यक देखिएको छ । यसो गर्दा देशका कुनाकाप्चामा रहेका मात्रै हैन बिदेशमा रहेका नेपालीले पनि सहजै रुपमा सुसुचित हुन पाउने, पीडीएफ फाईलका कारण नेप्सेको साईटमा कुनै लोडनपर्ने, खासै खर्च नहुने भई समग्र पूँजी बजारलाई नै फाईदा पुग्ने हुँदा यसै त्रैमासिक बित्तीय विवरण बाटै सुरुवात गरियोस भन्ने माग गर्दछौ ।

नेप्से प्रमुख पूँजी बजारको बिकासप्रति सकारात्मक रही आम सर्बसाधारण लगानीकर्ताको हितप्रति संबेदनशील भएको भन्दै फोरमले आफ्ना मागहरु प्रति तत्काल ठोस कदम चालिने बिस्वास लिएको छ।  



 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved