महुली लघुवित्तको ६० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 05:11:16 PM मा प्रकाशित

laxmi  sunrise bank

महुली सामुदायिक लाघुबित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत बोनस सेयर पश्चात कायम चुक्ता पुंजीबाट ५० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। लघुवित्तले मङ्सिर ९ गते डाकेको साधारणसभा मार्फत उक्त प्रस्ताब पारित गर्ने जनाएको छ। 

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर समेत) गरि ६० प्रतिशत लाभांश दिने प्रस्ताब साधारणसभामा लैजादै छ। साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। 

साधारणसभा प्रयोजनार्थ लघुवित्तले कात्तिक २६ देखि मङ्सिर ९ सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। तसर्थ कात्तिक २५ सम्म कायम सेयरधनीहरुले मात्र लघुवित्तको ६० प्रतिशत लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन। 

साधारणसभाले पारित गरेपश्चात नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि मात्र ५० प्रतिशत हकप्रद बिक्रि प्रस्ताब अगाडी बढ्नेछ। त्यसको लागि लघुवित्तले पछि अलग्गै बुक क्लोज मिति सार्वजनिक गर्नेछ। 

५० प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ६ करोड पुग्नेछ। त्यस्तै ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवितको चुक्ता पुंजी ९ करोड पुग्नेछ। हाल लघुवित्तको चुक्ता पुंजी ४ करोड छ। लघुवित्तले गत आर्थिक बर्ष ४ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved