सनराइज बैंकको साधारण सभा आज, यस्ता छन मुख्य एजेन्डा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 06:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले कात्तिक ३० गते डाकेको साधारणसभा प्रयोजनार्थ कात्तिक १३ देखि कात्तिक ३० सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म अर्थात कात्तिक १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन।   

बैंकले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब साधारणसभामा प्रस्तुत गर्नेछ। उक्त प्रस्ताब साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ।

बैंकले हकप्रदमा अवितरित सेयर प्राप्ती गर्नेहरुले समेत पाउनेगरी १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। बैंकले ३० प्रतिशतका दरले १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद बिक्री खुला गरेको थियो। बिजपाटी डटकमले सनराइज बैंकले १४ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो।

१५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब १४ करोड नाघ्नेछ। ३० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ८ करोड ९१ लाख १९ हजार १ रुपैयाँ पुगेको छ। 

१५ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब १४ करोड नाघ्नेछ। ३० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब ८ करोड ९१ लाख १९ हजार १ रुपैयाँ पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved