गुहेश्वरी मर्चेन्टको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 08:14:30 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको हकप्रद आज देखि बिक्रि खुला गरिएको छ। फाइनान्सले १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले कात्तिक १२ देखि मङ्सिर १८ सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो।

फाइनान्सले हकप्रद निष्काशन गर्ने प्रयोजनार्थ असोज २७ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले असोज २६ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन।

असोज २६ सम्म कायम सेयरधनिहरुले बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु , र नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाहरु चिप्लेढुंगा पोखरा, विराटनगर, नारायणगढ, नेपालगंज र धनगढीबाट आवेदन दिन सक्ने छन् ।      

फाइनान्सले १० बराबर ४ कित्ता सेयर अर्थात ४० प्रतिशतका दरले १९ लाख ७३ हजार ९ सय २८ दशमलव ७७ कित्ता हकप्रद बिक्रि गर्दैछ। ४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ६९ करोड १० लाख पुग्ने छ । हाल कम्पनीको चुक्ता पुंजी ४९ करोड ३४ लाख रहेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको फाइनान्सले ०७४ असारसम्म चुक्ता पुंजी ८० करोड पुर्याउनु पर्ने छ । कम्पनीले गत आर्थिक बर्षमा १२ करोड ९२ लाख खुद नाफा कमाएको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved