नेपाल एसबिआई बैंकले गर्यो घोषणा, हेर्नुस कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 08:27:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक १० मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १५.४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। बिजपाटि डटकमले नेपाल एसबिआईले १५ प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो। बैंकले गत आर्थिक बर्षको कमाईबाट २८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

१५.४२ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अब ५ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ९७ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ५३ करोड खुद मुनाफा आर्जन गरेको छ।  

EXCLUSIVE: डिबेन्चर प्रोभिजन पश्चात २८ बाणिज्य बैंक मध्ये कुन बैंकको लाभांश क्षमता कति ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved