मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा, चुक्ता पुंजी २ अर्ब ५० करोड नाघ्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 12:36:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको कार्तिक ८ गते बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद शेयरपछिको कायम हुने चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । २१.०५ प्रतिशत मध्ये २० प्रतिशत शेयर लाभांश रहेको छ भने १.०५ प्रतिशत नगद लाभांश रहेको छ  ।



उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  ।

बैंकले भदौ ४ गतेदेखि असोज ८ गते सम्म ४० प्रतिशत हकप्रद बिक्रि गरेको थियो  । ४० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १५ करोड पुगेको छ  । प्रस्तावित २० प्रतिशत बोनसपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड पुग्ने छ  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved