किन दिन्छन शेयरमा 'फ्रयाक्शन' आउनेगरि बोनस ? कम्पनीका आफ्नै बाध्यता,मारमा लगानीकर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 04:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा सुचिकृत संस्थाहरुको लाभांश घोषणा 'बिधि' लगानीकर्ताको टाउको दुखाई बनेको छ। लाभांश घोषणा गर्दा कम्पनीहरुले लगानीकर्ताको हितलाई वास्ता नगर्दा यस्तो समस्या आएको शेयर पण्डितहरुको भनाई छ। 

एका तर्फ कम्पनीहरुले लाभांश घोषणा गर्दा बोनस सेयर बापत लाग्ने कर प्रयोजनको रकम नछुट्याईदिदा लगानीकर्ता मारमा परेका छन भने अर्का तर्फ 'फ्रयाक्शन' आउने गरि बोनस सेयर घोषणा गरिदिदा त्यसबाट लगानीकर्ता झनै मारमा परेका छन। कम्पनिहरुले  नियोजित रुपमा नै यस्तो निर्णय गर्ने लगानीकर्ताको आरोप छ। 

''फ्रयाक्शन' आउने गरि बोनस सेयर बितरण गर्दा त्यस्तो टुक्रा सेयरलाई लगानीकर्ताले वास्ता नगर्ने र पछि त्यहि सेयरलाई अक्सनमा राखेर कमाउने कम्पनीहरुको यो नियोजित रणनीति नै हो' एक लगानीकर्ताले बिजपाटिसंगको कुराकानीमा यस्तो भनेका थिए।

हालै मात्र आइपीओ जारि गरेको सुर्योदय लघुवित्त र स्वदेशी लघुवित्तले क्रमश १९ प्रतिशत र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेका छन। यी दुवै लघुवित्तले छिटै साधारणसभा डाकेर प्रस्ताब पारित गरि लाभांश वितरण गर्ने तयारिमा छन। 

आखिर 'फ्रयाक्शन' आउने गरि बोनस सेयर बितरण किन गरिन्छ ? लगानिकर्तालाई दुख दिने संस्थाहरुको नियत नै हो या अरु नै कारण छन ? यस सम्बन्धमा हामीले यसरि बोनस सेयर दिने तयारिमा रहेका कम्पनीहरुसंग कुराकानी गरेका छौं। 

सुर्योदय लघुवित्तले गत बर्ष आइपीओ निष्काशन गरि सबैलाई १० कित्ता हुने गरि आइपीओ बाँडफाँड गरेको थियो। लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ। त्यस्तै सुर्योदयले ७० प्रतिशतका दरले हकप्रद समेत बिक्रि गर्दैछ।  

सुर्योदयले यसरी १९ प्रतिशत बोनस सेयर वितरण गर्दा १० कित्तेवाला शेयरधनीले १.९ कित्ता सेयर बोनस बापत पाउनेछन। र उसको खातामा ११.९ कित्ता सेयर हुनेछ। यस्तो परिस्थितिमा लगानीकर्ताको गुनासो भनेको त्यो ११ कित्ता सेयर बिक्रि गर्दा बाँकीको ०.९ कित्ता फ्र्याक्सन सेयर के हुन्छ ?

'फ्रयाक्शनमा आउने गरि बोनस सेयर वितरण गरेर लगानीकर्तालाई दुख दिने हाम्रो नियत नै होइन, हकप्रद भर्न पर्दा उसले (शेयरधनीले) पूर्ण सेयरको अनुपातमा नै हकप्रद भर्न पाउँछ तर बोनसको केशमा भने फ्रयाक्शन हुन पुगेको सेयर सम्बन्धित सेयरधनीको नाममा नै रहन्छ, पछि पूर्ण नम्बरमा आएपछि शेयरधनीको डीम्याट खातामा नै आउंछ'  सुर्योदय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीले बिजपाटिसंगको कुराकानीमा भने। 

लघुवित्तहरुले २० प्रतिशत भन्दा बढी अंकको लाभांश बितरण गर्दा खुद मुनाफाको १ प्रतिशत 'क्लाइन्ट प्रोटेक्सन' र १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वका लागि छुट्याउनु पर्ने नेपाल राष्ट्र बैंकको प्राबधान छ। 

यहि प्रावधानका कारण लघुवित्त कम्पनीहरुले खुद मुनाफाको २५ प्रतिशतका दरले 'क्लाइन्ट प्रोटेक्सन' मा रकम व्यवस्थापन गर्दा खर्च बढ्ने भएकाले १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको उनको भनाई छ। 

उनि अघि भन्छन, '२० प्रतिशत बोनस दिने क्षमता हुँदाहुँदै १९ प्रतिशत मात्रै घोषणा गरेर किन दुख दिएको भन्ने शेयरधनिको गुनासो छ, जुन  जायज छ। यस्तो हुनुमा हाम्रा सिमा र बाध्यता छन। २० प्रतिशत बोनस मात्र वितरण गर्नु पर्दा कर प्रयोजनका लागि लाग्ने रकम तिर्न जान शेयरधनीलाई झन्झट हुन्छ । त्यस्तै २० प्रतिशत बोनस र त्यसलाई लाग्ने कर प्रयोजनको रकम घोषणा गर्दा लाभांशको दर २० प्रतिशत हुन्छ र  'क्लाइन्ट प्रोटेक्सन' नियमका कारण हामीलाई गाह्रो हुन्छ।'

'चुक्ता पुंजी बढाउन निकट भविष्यमा नै हकप्रद जारि गर्दै छौं, जसमा शेयर फ्रयाक्शनमा हुनेले पनि पूर्ण कित्ताको रुपमा हकप्रद भर्न पाउनेछ, त्यसैले पनि १० प्रतिशतको ठाउँमा १९ प्रतिशत नै बोनस दिने निर्णय गरेका हौँ' उनले भने, 'यदि शेयरधनिसंग ११.९ कित्ता सेयर छ भने पनि उसले ७० प्रतिशत हकप्रदले हुन आउने ८.३३ कित्ताको सट्टा ९ कित्ता नै हकप्रद भर्न पाउँछ।'  

त्यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै शतप्रतिशत हकप्रद समेत बिक्रि गर्ने तयारिमा छ। स्वदेशीले पनि गत बर्षमात्रै जारि गरेको आइपीओमा सर्वसाधारण लगानीकर्ताले न्युनतम १० र अधिकतम १२ कित्ता पाएका थिए।  

स्वदेशीले वितरण गर्न लागेको बोनस सेयरका कारण लगानीकर्ताको शेयर फ्रयाक्शनमा आउने देखिन्छ। स्वदेशीका कम्पनी सचिब राजेन्द्र प्रसाद न्यौपानेको पनि उस्तै भनाइ छ। 'फ्रयाक्शनमा सेयरहुनेले पूर्ण अंकको रुपमा हकप्रद भर्न पाउनेछन तर यदि कसैसंग १३.८ कित्ता सेयर छ र उसले १३ कित्ता बिक्रि गर्छ भने हाम्रो सिस्टममा उसको शुन्य दशमलब ०८ कित्ता देखाउंछ, अर्को थपिएको बोनस आएर पूर्ण भएपछि स्वत शेयरधनीको डीम्याट खातामा देखाउंछ' उनले भने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved