माछापुच्छ्रे बैंकले लिलामीमा राखेको शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 07:11:54 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले लिलामीमा राखेको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने म्याद एक दिन थप गरेको छ। यस अघि कात्तिक १३ सम्मका लागि म्याद तोकिएकोमा बोलकबोल दाताले अब कात्तिक १४ सम्म बोलपत्र पेश गर्न सक्नेछन। 

बैंकले कात्तिक ५ देखि १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। बैंकले लिलाम मार्फत बिक्रि गर्न लागेको सेयरमा संस्थापक तर्फ २० हजार २.४० कित्ता र साधारण तर्फ १ लाख ४० हजार ७४०.२४ कित्ता सेयर छ। लिलाममा राखिएको संस्थापक तर्फको सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आबेदन दिन पाउनेछन भने साधारण सेयरमा जो कोहिले पनि आबेदन दिन पाउनेछन।  

बैंकले गत साउन ५ देखि भदौ ५ सम्म १०० बराबर १२ कित्ता सेयर अर्थात १२ प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।      

इच्छुक बोलकबोल दाताले कात्तिक ५ देखि बैंकको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं मा कात्तिक १४ गते कार्यालय समयसम्म आइपुने गरि बोलपत्र पेश गर्न सक्नेछन। बोलपत्रको नतिजा कात्तिक १५ गते खोलिनेछ।   

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम एनएमबि बैंकमा रहेको एनएमबि क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर ००१३०१०००५४०१००००००५ मा रकम जम्मा सक्नेछन। साथै आवेदकले गुड फोर पेमेन्ट चेक मार्फत समेत आबेदन दिन सक्नेछन।      

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

१२ प्रतिशत हकप्रद वितरण पश्चात माछापुच्छ्रे बैंकको चुक्ता पुंजी ७ अर्ब ३९ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ६ अर्ब ५९ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ३० करोड खुद मुनाफा आर्जन गरेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले करिब ९ प्रतिशत बोनस सेयर अनिवार्य दिनुपर्नेछ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved