यी २ कारण जसले लक्ष्मी लघुवित्तको आम्दानि र इपिएस घटायो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 08:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा लघुवित्तको आम्दानि ९४९ प्रतिशतले घटेको हो। गत बर्षको यस अवधिमा लघुवित्तले २ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

लघुवित्तले कारोबार विस्तारको लयलाई कायम राख्दा समेत आम्दानि भन्दा खर्च बढ्न जाँदा मुनाफामा गिरावट आएको हो। यस अवधीमा लघुवित्तले १ अर्ब ३० करोड सापटी र ७२ करोड ६६ लाख निक्षेप संकलन गरि २ अर्ब ३२ करोड कर्जा तथा लगानी गरेको छ। लघुवित्तलाई खुद ब्याजबाट ५ करोड ९० लाख आम्दानि गरेको छ। लघुवित्तको खराब कर्जा समेत शुन्य दशमलब ३० प्रतिशतबाट बढेर शुन्य दशमलब ९३ प्रतिशतमा पुगेको छ।  

शतप्रतिशत हकप्रद बिक्रि गर्दा त्यहि अनुपातमा आम्दानि बढाउन नसक्दा लघुवित्तको प्रति सेयर आम्दानी झन्डै ६० प्रतिशतले घटेको छ। गत आर्थिक बर्षको यस अवधिमा ९० रुपैयाँ ४५ पैसा प्रति सेयर आम्दानि रहेकोमा यस अवधिमा भने उसको इपिएस ३७ रुपैयाँ २१ पैसामा सिमित भएको छ। 

शतप्रतिशत हकप्रद र बोनस गरि १२० प्रतिशतले चुक्ता पुंजी वृद्धि हुँदा लघुवित्तको जगेडा कोषको रकम ४० प्रतिशतले बढेको छ।यस अवधिमा लघुवित्तको चुक्ता पुंजी २४ करोड २० लाख छ भने जगेडा कोषमा १३ करोड ४१ लाख छ।  

लघुवित्तहरु दोहोरो मारमा परेको लक्ष्मी लघुवित्तको वित्तीय विवरणबाट स्पष्ट देख्न सकिन्छ। एका तर्फ पुंजीवृद्धिको अनुपातमा आम्दानी गर्न नसक्दा प्रति सेयर आम्दानीको सन्तुलन नै भत्किन पुगेको छ भने अर्को तर्फ खर्चको सिमा समेत बढ्दै गएको छ। 

बैंकहरुले कर्जामा बढाएको ब्याजको दरको प्रभाब लघुवित्तको कमाईमा समेत देखिन थालेको छ। बिगतमा थोरै ब्याजदर तिरेर अधिकतम १८ प्रतिशतसम्म कर्जा लगानी गरेका लघुवित्तहरु अहिले थोरै मार्जिन राखेर कर्जा प्रवाह गर्न बाध्य छन, जसकारण लघुवित्तहरुको कमाईको अनुपात भन्दा खर्च बढ्न गएको छ।

गत आर्थिक बर्ष लक्ष्मी लघुवित्तको कस्ट अफ फन्ड ५.२६ प्रतिशत रहेकोमा बैंकहरुले कर्जामा लिने ब्याजको दर बढेसंगै खर्च बढेर ९ दशमलब ५१ प्रतिशत पुगेको छ। बैंकहरुले कर्जामा लिने ब्याजको दरमा आउने उतारचढाबका कारण आगामी दिनमा लघुवित्तहरुको कमाई प्रभावित हुने देखिएको छ।

बैंकहरुको बेश रेट उच्च भएकाले पछिल्लो समय लघुवित्तहरुले कस्ट अफ फन्डको आधारमा नै बैंकहरुबाट सापटी लिन पाउनु पर्ने राष्ट्र बैंकसंग प्रस्ताब गरेका छन।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved