बोर्डको प्रयास र प्रगति विवरणले पनि जागेन उत्साह, आखिर के चाहन्छन लगानीकर्ता ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 02:40:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नियमन निकायका बजार सुधारका कार्यक्रम र सुचिकृत कम्पनीहरुका प्रगति विवरणले समेत लगानीकर्तामा उत्साह थप्न सकेको छैन। निर्वाचन आयोगले तोकिएको समयमै चुनाव हुने सुनिश्चितता गर्दा समेत लगानीकर्तामा हौसला बढ्न सकेको छैन।

नेपाल धितोपत्र बोर्डले कात्तिक १२ गते मात्र बजार बिकास तथा सुधारको कार्यक्रम अन्तर्गत आस्वाबाट हकप्रद भर्ने र लिलामी सेयर अब राजधानी बाहिरबाट भर्न मिल्ने व्यवस्था मिलाउन दिएको निर्देशनले समेत लगानीकर्तालाई 'छुन' सकेन। जसकारण सोमबारको कारोबारमा नेप्से परिसूचक ३.५ अंकले घटेको छ भने कारोबार रकम ४४ करोड ८३ लाखमा सिमित भएको छ। 

अपेक्षा अनुसार लगानीकर्तामा उत्साह नथपीए पनि सोमबार नेप्सेमा आएको गिरावटलाई सामान्य नै लिनुपर्दछ। सोमबार कारोबारमा आएका १५६ कम्पनीका १९ लाख ५१ हजार शेयर खरिद बिक्रिबाट ४४ करोड ८३ लाखको कारोबार भएको छ। 

सुचिकृत कम्पनी मध्येका सानिमा बैंक, सिटिजन बैंकको प्रगति विवरण सन्तोष जनक रहेपनि लक्ष्मी लघुवित्तको वित्तीय विवरणबाट लगानीकर्तामा केहि नैराश्यता छाएको छ। हकप्रद र एफपीओ मार्फत पुंजी बढाउन बाध्य भएका कम्पनीहरुको कमाई यहि अनुपातमा अगाडी बढ्दा राम्रो प्रतिफल दिन नसक्ने हो कि भन्ने चिन्ताले लगानीकर्तालाई सताएको हुन सक्छ। तर पहिलो त्रैमासको वित्तीय विवरणलाई नै आधार मानेर निराश हुनु भने 'हतारको निर्णय' हुनेछ।

पुंजी वृद्धि गर्दा प्रति सेयर आम्दानी र प्रति शेयर नेटवर्थमा गिरावट आउनु सामान्य नै मान्नु पर्ने हुन्छ। आगामी दिनमा कम्पनीहरुको आम्दानी बढ्दै जाने र अन्तिम त्रैमाससम्म सन्तुलन रिपोर्ट सार्वजनिक गर्न सक्ने प्रशस्त आधार छन। 

'तत्काललाई बजारले खोजेको भनेको माग र आपूर्तिबीचको सन्तुलन नै हो, यसका लागि नियमन निकायले जादुको छडी प्रयोग गरेपनि सन्तुलनमा आउन केहि समय अवश्य लाग्छ' एक ब्रोकर अधिकारिले भने, माग र आपूर्तिबीचको सन्तुलन ल्याउन अनलाइन ट्रेडिङ र बजार बिस्तार गर्नु  बाहेक दोस्रो बिकल्प छैन, सतहमा देखिने अरु कारणहरु बहाना मात्र हुन।'

लगानीकर्तामा शेयर धितो कर्जाको ब्याजदर सस्तो हुने अपेक्षा थियो तर बैंक वित्तीय संस्थाहरुले अहिलेसम्म सार्वजनिक गरेका बेश रेट र ब्याजदरको सूचना हेर्दा सुस्त गतिमा ब्याजदर घट्ने देखिन्छ तर तत्काल होइन, अर्को तर्फ अहिले लिलामीमा सस्तोमा शेयर उठाउने बिकल्प समेत छ, त्यसैले  तत्काल दोस्रो बजारमा नाटकीय सुधार होला भन्ने अपेक्षा गर्ने ठाउँ छैन, उनले भने।   

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved