अनलाईन कारोबार छिटो सुचारु गर्न शेयर लगानीकर्ता संघको माग

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 07:25:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ता संघ नेपालले देशभरबाट लिलामीको सेयरमा भाग लिन पाउनुपर्ने माग गरेको छ। संघले धितोपत्र बोर्डले आईतबार सरोकारवालालाई आस्वा मार्फत हकप्रद भर्न पाउने र देशका प्रमुख ७ शहरबाट लिलामीको सेयरमा भाग लिन पाउने व्यवस्था गर्न दिएको निर्देशनलाई स्वागत गर्दै यस्तो माग गरेको हो। 

संघले छिटो भन्दा छिटो अनलाईन कारोबार गर्ने व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्न माग गरेको छ। बोर्डले आईतबार नेपाल स्टक एक्सचेन्ज, सीडीएस, मर्चेन्ट बैंकरसहित आस्वा सदस्यलाई हकप्रदमा आस्वा प्रणाली मार्फत आवेदन गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। 

साथै बोर्डले देशको कम्तिमा ७ शहरहरुबाट हकप्रदमा अवितरित सेयरमा लिलामी आवेदन दिनसक्ने व्यवस्था गर्न गराउन सरोकारवाला सबै निकायलाई निर्देशन दिएको थियो ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved