मुक्तिनाथको कमाई १३ करोड ५४ लाख, बैंकको यस्तो प्रगति विवरणबाट लगानीकर्ताले के बुझ्ने ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 08:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुलाई चुक्ता पुंजी वृद्धिको अनुपातमा आम्दानी बढाउने चुनौतीमा खरो उत्रिदै मुक्तिनाथले समग्रमा उल्लेख्य प्रगति गरेको बित्तिय विवरण सार्वजनिक गरेको छ। 

बैंकले सार्वजनिक गरेको बित्तिय विवरणमा सर्वसाधारणमा बिक्रि गरिरहेको ४० प्रतिशत हकप्रदलाई समावेश गरिएको छैन। यद्दपी संस्थापक शेयरधनिहरुबाट ४० प्रतिशत हकप्रदले हुन आउने ६० करोड १९ लाख १६ हजार रुपैंयालाई कल इन एडभान्स शिर्षकमा देखाएर प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ देखाइएको छ। 

यस अवधिमा बैंकले १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ९ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।  

पोखराबाट काठमाडौंमा कार्यालय स्थानान्तरण गरि कारोबार तथा व्यवसाय बिस्तार गरेको मुक्तिनाथको खर्च बढेपनि कमाईमा पनि उल्लेख्य प्रगति देखिएको छ। यस अवधिमा मुक्तिनाथको खुद ब्याज आम्दानी २५ करोड ७९ लाख छ भने बैंकले १९ करोड ८४ लाख संचालन मुनाफा गरेको छ। 

यस अवधिमा बैंकको चुक्ता पुंजी १ अर्ब ५४ करोड छ भने जगेडा कोषमा ९० करोड ९९ लाख छ। चुक्ता पुंजी बढाउँदा बैंकले जगेडा कोषको रकमलाई समेत ३० करोडले बढाएर मजबुत बनेको छ। बैंकले प्रस्तुत गरेको चुक्ता पुंजीमा हाल बिक्रि गरिरहेको ४० प्रतिशत हकप्रद समावेश गर्न बाँकी छ। उक्त ४० प्रतिशत हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्नेछ। 

त्यस्तै बैंकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब गरिसकेको छ। बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड पुग्ने छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ २६ पैसा, प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ १३ पैसा छ। ४० प्रतिशत हकप्रद बापतको रकम समायोजन गर्दा बैंकको प्रति सेयर आम्दानी केहि घट्नेछ। 

अन्य बैंक वित्तीय संस्थाको झैँ मुक्तिनाथको पनि कस्ट अफ फन्ड ४९६ प्रतिशतबाट बढेर ८०७ प्रतिशतमा पुगेको छ भने कर्जा निक्षेप अनुपातको सिलिंग पनि ७६ ८९ प्रतिशत पुगेको छ। बैंकले थप कर्जा प्रवाह गर्न मेहनत गर्नु पर्ने देखिन्छ। 

पहिलो ३ महिनामा बैंकले १९ अर्ब ५४ करोड निक्षेप संकलन गरि १६ अर्ब ८० करोड कर्जा लगानी प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले १२ करोड ८८ लाख निक्षेप संकलन गरि ११ अर्ब ४४ करोड कर्जा परिचालन गरेको थियो। यस अवधिमा बैंकको खराब कर्जा अनुपातलाई ०.१८ प्रतिशतबाट झारेर ०.०३ प्रतिशतमा पुर्याएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved