शिखर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 31, 2017 | 09:31:06 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको कात्तिक १३ मा बसेको संचालक समितिको बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५८ प्रतिशत नगद लाभांश गरि कुल ३० ५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएको छ। 

उक्त लाभांश प्रस्ताब नियमन निकाय बिमा समिति र इन्स्योरेन्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुमा लाभाश वितरण हुनेछ। बिजपाटि डटकमले शिखरले ३० प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो। 

EXCLUSIVE REPORT: १५ निर्जिबन बिमा कम्पनी मध्ये कुन कम्पनीको लाभांश क्षमता कति ?

२९ प्रतिशत बोनस सेयर वितरण पश्चात शिखरको चुक्ता पुंजी १ अर्ब ५ करोड ४७ लाख पुग्नेछ। यससंगै बिमा समितिले तोकेको १ अर्बको चुक्ता पुंजीको सिलिंग शिखरले पुर्याएको छ।  हाल शिखरको चुक्ता पुंजी ८१ करोड ७६ लाख छ। इन्स्योरेन्सले गत आर्थिक बर्ष ३७ करोड ५८ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved