एनएमबी माइक्रोफाइनान्सको साधारणसभाको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 10:38:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी माइक्रोफाइनान्सले साधारणसभाको लागि बुक क्लोज मिति तय गरेको छ । माइक्रोफाइनान्सले साधारणसभा प्रयोजनको लागि कार्तिक २४ गते देखि मङ्सिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । कार्तिक २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस प्राप्त गर्न सक्ने छन् । 

माइक्रोफाइनान्सले गत बर्षको कमाईबाट २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । सभाले पारित गरेपछि लगानीकर्ताले बोनस पाउने छन् । 

गत आर्थिक बर्ष कम्पनीले ४ करोड ५३ लाख खुद नाफा कमाएको थियो । हाल कम्पनीको चुक्ता पुंजी १० करोड रहेकोमा २५ प्रतिशत बोनसपछि चुक्ता पुंजी १४ करोड नाघ्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved