नेप्सेमा नयाँ समूहगत परिसूचक थप, आजदेखी कार्यन्वयनमा आउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 06:49:25 AM मा प्रकाशित

laxmi  sunrise bank

कात्तिक १५ देखि सूचीकृत कम्पनीहरुको कारोबार मूल्य मापन गर्ने गरी नेप्सेमा एक समूहगत परिसूचक थप हुने भएको छ। आजदेखि नयाँ परिसूचकलाई नेप्सेको वेबसाइटमार्फत रियल टाइममा प्रसारण हुने व्यवस्था मिलाइएको नेप्सेले जनाएको छ।

साबिकमा विकास बैंक समूहमा रहेका ७१ कम्पनीमध्ये नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका ३३ वित्तीय संस्थाहरुलाई अलग गरी नयाँ परिसूचक निर्माण गरेको हो, नेप्सेद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

'गत साता विकास बैंकको समुहलाई दुई अलग अलग समूहमा अलग्ग्याउने काम सम्पन्न भए पनि परिक्षणमा केहि इरर आएकाले कार्यन्वयनमा ल्याउन केहि ढिलाई भएको हो' नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बिजपाटिलाई भने, ''विकास बैंक र लघुवित्त फरक पाटो भए पनि एउटै उपसमुहमा राख्दा बजार नै प्रभावित हुने अवस्था आएकाले अलग अलग समूहमा राख्ने निर्णय भएको हो।' 

नेप्से प्रमुखमा नियुक्त भए लगत्तै साउदले असोज २९ गते विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राख्ने निर्णय गरेका थिए। नेप्सेले वित्त सुचकमा रहेका नागरिक लगानी कोष लगायत कम्पनीलाई पनि अलग समूहमा राख्ने गृहकार्य थालेको नेप्से प्रमुख साउदले जानकारी दिएका छन।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved