वोमी माइक्रोफाइनान्सको साधारणसभा आज, यस्ता छन् मुख्य एजेन्डा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 07:19:59 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। माइक्रोफाइनान्सले साधारणसभा प्रयोजनार्थ कात्तिक १६ देखि कात्तिक ३० सम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

माइक्रोफाइनान्सले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब गरेको छ। माइक्रोफाइनान्सको कात्तिक ३० गतेको साधारणसभाले उक्त लाभांश प्रस्ताब स्वीकृत गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

साथै माइक्रोफाइनान्सले बोनस सेयर वितरण पश्चात थप ३० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। हकप्रद बिक्रि गर्ने प्रस्ताब साधारणसभाबाट पारित भई धितोपत्र बोर्डले अनुमोदन दिएपश्चात मात्र हकप्रदका लागि पछी अलग्गै बुक क्लोज मिति तय हुनेछ।  

हाल कम्पनीको चुक्ता पुंजी ६ करोड ४८ लाख रहेकोमा २० प्रतिशत बोनसपछि चुक्ता पुंजी ७ करोड ७७ लाख पुग्ने छ । त्यस्तै ३० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी १० करोड १० लाख पुग्ने छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved