काबेली बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 08:27:57 AM मा प्रकाशित

laxmi  sunrise bank

काबेली बिकास बैंकको हकप्रद भर्ने आज कार्तिक १५ गते अन्तिम दिन रहेको छ ।  बैंकले भदौ १८ देखि  २ बराबर १ अर्थात ५० प्रतिशतका दरले हकप्रद बिक्रि गरिरहेको हो  ।  बैंकले यस अघि असोज २१ सम्म हकप्रद भर्न सकिने बताएकोमा १९ कर्यदीन थप  गरी कार्तिक १५ गतेसम्म हकप्रद भर्न सकिने ब्यबस्था गरेको थियो  । 

बैंकले ५० प्रतिशत हकप्रद बिक्री प्रयोजनार्थ साउन १८ का बुक क्लोज गरेकाले साउन १७ सम्म कायम सेयरधनीहरुले हकप्रद भर्न पाउनेछन। बैंकले ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेको हो। 

साउन १७ सम्म कायम  सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, काठमाडौं तथा काबेली विकास बैंकका सम्पूर्ण शाखा कार्यालय र ग्लोबल आइएमई बैंकका केहि शाखाबाट आबेदन फारम प्राप्त गरी हकप्रद भर्न सक्नेछन। 

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी १० करोड ५२ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ७ करोड १ लाख छ। बैंकले गत आर्थिक बर्ष २ करोड ३४ लाख मुनाफा आर्जन गरेको छ। काबेलीले माउन्ट मकालु डेभलपमेन्टसंग प्राप्तिका लागि सहमति गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved