३२८ जनाले पाए कन्काई बिकास बैंकको लिलामिको सेयर, कट अफ मुल्य कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 08:35:52 AM मा प्रकाशित

laxmi  sunrise bank

कन्काई बिकास बैंकको सेयरको बोलपत्र खोल्ने काम अन्तिम चरणमा पुगेको छ। प्रति कित्ता १८५ रुपैयाँ र त्यो भन्दा माथि कबुलेर लिलाम हाल्ने सबै योग्य बोलकबोल दाताले बैंकको लिलामको साधारण तर्फको सेयर प्राप्त गरेका छन भने प्रति कित्ता १०० रुपैयाँ र त्यो भन्दा माथि कबुल गर्नेले संस्थापक तर्फको सेयर सकारेका छन। 

प्रारम्भिक तथ्यांक अनुसार लिलामको साधारणतर्फ राखिएको १ लाख ६८ हजार २८७ कित्ताका लागि १ हजार ७०५ जनाले बोलपत्र पेश गरेका छन। जसमा ३१९ जनाले कन्काईको लिलाममा राखिएको साधारण सेयर सकारेका छन। प्रति कित्ता न्युनतम १०० रुपैयाँ र अधिकतम ३१९ रुपैयाँमा बोलपत्र पेश भएको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले जानकारी दिएको छ।  जबकि दोस्रो बजारमा सहजै प्रति कित्ता २१२ को आसपासमा कन्काईको साधारण सेयर किन्ने अवसर छ। 

त्यस्तै लिलाममा राखिएको संस्थापक तर्फको ३ लाख ८१ हजार ६५० कित्ताका लागि ९ जना संस्थापक सेयरधनिले बोलपत्र पेश गरेका छन। संस्थापक तर्फ प्रति कित्ता १०० रुपैयाँ वा त्यो भन्दा माथि कबुल गर्नेले कन्काईको संस्थापक सेयर पाएका छन। यद्दपी बोलपत्र पेश गर्ने ९ जना मध्ये प्राविधिक कारणले सबैले सेयर नपाउने अवस्था पनि आउन सक्ने क्यापिटलले जनाएको छ। संस्थापक सेयरका लागि प्रति कित्ता न्युनतम १०० रुपैयाँ र अधिकतम २०० रुपैयाँमा बोलपत्र पेश भएको छ। लिलाममा राखिएका साधारण र संस्थापक तर्फका कुल ५ लाख ४९ हजार ९३७ कित्ता सेयर ३२८ जनाले सकारेका छन।  

कन्काई बिकासले असोज ३१ गतेदेखि १ दिन थप गरि कात्तिक १२ सम्म हकप्रदमा अवितरित सेयर लिलाममा राखेको थियो। हकप्रद वितरण पश्चात बैंकको चुक्ता पुंजी ४७ करोड १० लाख पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड छ। बैंकले गत आर्थिक बर्ष ३ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved