एनआईसी एसियाको निक्षेप खर्ब नाघ्यो, इपिएस १४ रुपैयाँ हुँदा लगानी कति प्रतिफलमुलक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 11:46:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकले सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ६.७६ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण प्रस्तुत गरेको छ। 

यस अवधिमा बैंकले २७ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले २६ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

यस अवधिमा बैंकले १ खर्ब ३ अर्ब निक्षेप संकलन गरि ८६ अर्ब ७४ करोड कर्जा प्रवाह गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ७२ अर्ब ४७ करोड निक्षेप संकलन गरि ६१ अर्ब १ करोड कर्जा प्रवाह गरेको थियो। 

बैंकले ५९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानि गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकले ५६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।  

कारोबार तथा व्यवसाय बिस्तारमा आक्रामक नीति अख्तियार गर्दै शाखा बिस्तारमा तिब्र देखिएको एनआइसी एसिया बैंकको संचालन खर्च र कर्मचारी खर्च सामान्य रुपले बढेको छ।

बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको २० प्रतिशत बोनस सेयरलाई समेत समावेश गरी चुक्ता पुंजी र प्रति सेयर आम्दानि देखेको छ यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ३ करोड छ भने जगेडा कोष रकम २ अर्ब १८ करोडबाट बढेर २ अर्ब ३६ करोड पुगेको छ। 

बैंकले चुक्ता पुंजी ३८ प्रतिशतले वृद्धि गर्दा प्रति सेयर आम्दानिको सन्तुलन केहि बिग्रिएको छ। यस अवधिमा बैंकको प्रति सेयर आम्दानि १३ रुपैयाँ ८८ पैसा, प्रति सेयर नेटवर्थ १२९ रुपैयाँ ४२ पैसा, मुल्य आम्दानीको अनुपात २७ दशमलब ७५ गुणा रहेको छ। समग्रमा एनआइसी एसिया बैंकको प्रगति विवरण सन्तोषजनक नै रहेको छ। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात समेत ७७।५१ प्रतिशत रहेको छ भने बैंकको कस्ट अफ फन्ड समेत बढेर ८।०३ प्रतिशत पुगेको छ। त्यस्तै खराब कर्जा अनुपात ०।२९ प्रतिशत पुगेको छ।   

केहि बैंकहरुले गत आर्थिक बर्षकमाईबाट वितरण गर्ने लाभांश समेत घोषणा नगरेको परिवेशमा एनआइसी एसियाले भने साधारणसभा समेत सकेर शेयरधनीहरुलाई समेत लाभांश खुवाईसकेको छ भने उसले पहिलो त्रैमासको विवरणमा उक्त बोनस सेयर बितरण मार्फत थप हुने पुंजीलाई समेत समावेश गर्दा समेत एइपिएस र मुल्य आम्दानीको अनुपातको सन्तुलनलाई कायम नै राखेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved