हिमाल दोलखा हाइड्रोपावरको आइपीओ आउंदै, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 01, 2017 | 03:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिएको छ। हिमाल दोलखाले सर्वसाधारणका लागि प्रति कित्ता १ सयका दरले ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ बिक्रि गर्दैछ। 

आइपीओ निष्काशन सम्बन्धि सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हिमाल दोलखाको तर्फबाट फाईनान्स म्यानेजर अनन्त कार्कीले हस्ताक्षर गरेका छन। 

हिमाल दोलखाले विभिन्न जलविद्युत आयोजनाहरु निर्माण तथा संचालन गर्ने विभिन्न कम्पनीहरुमा लगानी गरेको छ। जसमा गोदक गाबिस स्थित  ४.५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ईलाम नगरपालिका स्थित ८ मेगावाट क्षमताको माई साना क्यास्केड जलविद्युत आयोजना छ। दुवै आयोजनाको लागत क्रमश: ७२ करोड ५३ लाख र १ अर्ब ३४ करोड ५७ लाख छ। 

माई खोला आयोजना संचालन भईसकेको छ भने माई साना क्यास्केड आयोजना एक महिना भित्र संचालनमा आउने तयारीमा छ। दुवै आयोजनाको प्रति मेगावाट मुल्य १६ करोड हुने जनाइएको छ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved