स्प्रेड दर घट्दा बैंकको कमाई प्रभावित, नेपाल एसबिआई र इन्भेष्टमेन्ट बैंकमा देखियो यस्तो असर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 03, 2017 | 07:55:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको पुंजी वृद्धि नीति र केहि समय अगाडी वित्तीय क्षेत्रमा देखिएको तरलता अभाबको प्रभाब बैंकहरुको कमाईमा देखिन थालेको छ। एका तर्फ चुक्ता पुंजी वृद्धि अनुपातमा कमाई हुन नसक्दा उनीहरुको प्रति सेयर आम्दानिको सन्तुलन भत्किन पुगेको छ भने अर्को तर्फ ऋण र निक्षेपको ब्याजदर बढाए पनि कर्जाको ब्याजदर महँगो हुने डरले बैंकहरुले स्प्रेड दर घटाएका छन, जसले गर्दा खर्च बढेर आम्दानी घट्न पुगेको छ। 

राष्ट्र बैंकको प्राबधान अनुसार अधिकतम ५ प्रतिशत स्प्रेड दर कायम गर्दा पनि कर्जा दर महँगो हुनेहुँदा बैंकहरुलाई स्प्रेड दर घटाउन बाध्यता छ। जसले गर्दा खर्च अत्यधिक बढेको छ। चुक्ता पुंजी वृद्धि हुने तर त्यहि अनुपातमा कमाई नहुँदा प्रति सेयर आम्दानीको सन्तुलन भत्किनु स्वाभाविक नै बनेको छ। 

नेपाल एसबिआई बैंक 

कात्तिक १७ गते नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गरेका पहिलो तीन महिनाको वित्तीय विवरणले यहि कुरालाई पुष्टि गरेको छ।

बैंकले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा खुद मुनाफा गत आर्थिक बर्षको तुलनामा ८ करोडले बढाएर ४३ करोड ८८ लाख पुर्याएको छ।  २८ प्रतिशत बोनस र बोनस पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद गरि ७९.५१ प्रतिशतले चुक्ता पुंजी वृद्धि हुँदा बैंकको कमाई २३ दशमलव ९१ प्रतिशतले मात्र बढेको छ। 

चुक्ता पुंजी वृद्धिको अनुपातमा कमाई बढ्न नसक्दा बैंकको प्रति सेयर आम्दानी, इपिएस २५ रुपैयाँ १८ पैसामा सिमित भएको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको इपिएस ३६ रुपैंया ४७ पैसा थियो। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट १५.४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। हाल ६ अर्ब ९७ करोड चुक्ता पुंजी भएको बेला इपिएस २५ रुपैयाँ छ। बोनस वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अब ५ करोड पुग्नेछ।   त्यो बेला बैंकको इपिएस व्यवस्थापन कसरि होला र कति होला ? यो भने सोचनीय बिषय हो। 

यस अवधिम बैंकको जगेडा कोषमा ४ अर्ब ३५ करोड छ। बैंकले व्यवसाय विस्तार गर्न मेहनत गरेपनि ब्याज खर्च बढ्दा आम्दानी प्रभावित भएको छ। यस अवधिमा बैंकले ८६ अर्ब ६२ करोड रुपैयाँ संकलन गरि ६७ अर्ब ५ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

बैंकले खुद ब्याज तर्फ ९० करोड २० र संचालन तर्फ ६६ करोड १४ लाख आम्दानी गरेको छ भने ६ करोड ९२ लाख प्रोभिजनमा राखेको छ। तर ६७ लाख मात्र राइट ब्याक गरेको छ। बैंकको खराब कर्जा अनुपात यस अवधिमा ०।१३ प्रतिशत छ।     

नेपाल इन्भेष्टमेन्ट बैंक

एस डेभलपमेन्ट बैंकलाई प्राप्त गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको कमाईमा पनि सामान्य वृद्धि देखिएको छ। बैंकको कमाई २० दशमलव ८१ प्रतिशतले वृद्धि भई ८९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। 

बैंकको चुक्ता पुंजी करिब २० प्रतिशतले बढ्दा सोहि अनुपातमा बैंकको कमाईमा वृद्धि नहुँदा उसको प्रति सेयर आम्दानी केहि प्रभावित बनेको हो। यद्दपी केहि बैंकहरुले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश समेत घोषणा गर्न नभ्याउदा इन्भेष्टमेन्ट बैंकले भने साधारणसभा समेत सम्पन्न गरि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश वितरण गरीसकेको छ। 

त्यति मात्र नभई बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको बोनस सेयरलाई समेत पुंजीकृत गरि प्रति सेयर आम्दानि ३३ रुपैयाँ ६९ पैसा  देखाएको छ। 

इन्भेष्टमेन्ट बैंकले प्रस्तुत गरेका वित्तीय सूचकलाई आधार मान्दा आगामी दिनमा राम्रै गर्ने र राम्रै अंकको प्रतिफल खुवान सक्ने अपेक्षा गर्ने ठाउँ छ। यस अवधिमा बैंकले १ खर्ब ३१ अर्ब २९ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ७ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। 

त्यस्तै खुद ब्याज तर्फ १ अर्ब ३२ करोड ५८ लाख र संचालन तर्फ १ अर्ब २१ करोड ९९ लाख आम्दानि गरेको छ। बैंकले ९ करोड ७९ लाख राइट ब्याक गरेकाले आम्दानीमा बढोत्तरी मिलेको छ।   

यस अवधिमा बैंकको चुक्ता पुंजी १० अर्ब ६२ करोड ६४ लाख छ भने जगेडा कोषमा ८ अर्ब ९७ करोड छ। त्यस्तै मुल्य आम्दानीको अनुपात १९ दशमलव २९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ८४ रुपैयाँ ४७ पैसा छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved