सिर्जना फाइनान्सले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 05, 2017 | 08:55:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट बितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सको कात्तिक ६ मा बसेको संचालक समितिको १७७ औ बैठकले गत आर्थिक बर्षको संचिति मुनाफाबाट ३२।५० प्रतिशत बोनस सेयर र त्यसम लाग्ने कर प्रयोजनार्थ नगद समेत वितरण गर्ने निर्णय गरेको नेप्से मार्फत जानकारी दिइएको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। फाइनान्सले गत आर्थिक बर्ष ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

बोनस सेयर बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ३९ करोड ५२ लाख पुग्नेछ। यस अवधिमा फाइनान्सको चुक्ता पुंजी ३० करोड २४ लाख छ। गत आर्थिक बर्ष फाइनान्सले १३ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved